फेस अफ द इयरका लागि प्रतिस्पर्धा

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७२, बुधबार

काठमाण्डौ । नयाँ मोडलहरुको उत्पादन तथा युवायुवतीमा अन्र्तनिहीत प्रतिभा उजागर गर्ने उदेश्यले विभिन्न सौन्दर्य तथा सांस्कृतिक प्रतियोगि कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दो छ । यस्तै उदेश्यले चैत्र ६ गते शनिबार राजधानीमा ‘फेस अफ द इयर–२०१६’ को ग्राण्ड फिनाले हुने भएको छ । ‘नेपाल फेस अफ द इयर–२०१६’ को ट्यालेन्ट उपाधि आफूले हासिल गर्नका लागि यसका प्रतिस्पर्धिहरुले आफू निहीत प्रतिभाको प्रस्फुटन गरेका छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिले नयाँ मोडलहरुको उत्पादन तथा युवायुवतीमा अन्र्तनिहीत प्रतिभा उजागरका लागि गत वर्षदेखि शुरु गरेको प्रतियोगिताको आगामी चैत्र ६ गते शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ । युवायुवतीबिचको सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धीहरुले गायन, नृत्य, अभिनय, चित्रकलालगायतमा आफुमा निहीत प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट राउण्डमा अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने, प्mलाईटेक इन्टरनेशनलका सिइओ नाजिर हुसेन र पत्रकार तथा गीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए।

nepal face of the year2
प्रतियोगितामा सहभागी युवायुवतीले विभिन्न अवसरसमेत हासिल गर्ने आयोजक निशु झाले बताएका छन्। अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कुल ४६ जना युवायुवतीले स्पर्धा गर्दैछन्। अन्तिम स्पर्धामा २० युवती र १६ युवाले स्पर्धा गर्दैछन्।

nepal face of the year

प्रयियोगितामा कविता श्रेष्ठ, मनिषा थापा, अलपना अधिकारी, सुप्रिया श्रेष्ठ, सुम्निमा राई, रविना श्रेष्ठ, रञ्जिता श्रेष्ठ, सम्झना सुनुवार, अनुप्रिया सिंह राजपुत, कञ्चन श्रेष्ठ, रुकु श्रेष्ठ, सुष्मिता श्रेष्ठ, स्यारोन कुंवर, विनीता मास्के, किर्ती थापा, रोशनी राउत, निकु साख, अनु धौवञ्जर, एश्वरी राठौर, रोजी कुंवर, अनु भुषाल, ऋचा पुरी, प्रिया सिंह राजपुत, आकृति तिवारी, रानी खरेल, मनिषा श्रेष्ठ, सविना परियार, रेखा नेगी लामा, रजनी ढकाल र सिर्जना बस्नेतले प्रतिस्पर्धा गर्दैछन्। त्यसै गरी पुरुषतर्पm रुपेश सुवेदी, रेगन मगर, पंकज बस्नेत, प्रजन तामाङ, अजय लामा, सञ्जय गोले, सागर घिमिरे, सन्तोष तामाङ, सञ्जीव राई, दिवस धिताल, प्रिन्स गुप्ता, लोभिन अन्सारी, निरज गुरागाईं, सुजन तामाङ, नीक भुजेल र सुर्य बुढाथोकीले प्रतिस्पर्धा गर्दैछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु