बजारमा कतिवटा आए भुइँचालोका गीत

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७२, मंगलवार

काठमाडौं । मुलुकमा बैशाख १२ गते विनाशकारी भुकम्प गयो । हजारौंको ज्यान लियो, घाइते भए, अपांग भए, गाउँ नै मरुभूमि बन्यो । धेरैका घर भत्किए, आफन्तजनहरुको मृत्युले मुलुक नै शोकमा डुब्यो । यस्तो अवस्थामा धेरै कलाकारहरु विपतमा परेकालाई सहयोग गर्न हिंडे । यो अवस्था भनेको संवेदनशील अवस्था हो तर कति अवसरवादीले यसलाई कमाउने थलो बनाए भने कतिले दुःखमा साथ दिन पाउँदा खुशीको सीमा नरहेको बताए । कतिले यही बेला राजनीति गर्दै चुनावमा भोट नहाल्ने अहिले राहत खोज्नेसम्म पनि भन्न भ्याए भने कतिले पीडितको नाम भजाउँदै राहत लुट्ने काम पनि गरे । जसले पीडितको लागि सहयोग गरे उनीहरुलाई धन्यवाद दिनै पर्छ भने पीडितका नाममा लुट्नेहरुलाई कारवाही हुनुपर्छ ।
विनाशकारी भुकम्पलाई लिएर धेरै कलाकारले हतार हतार गीत रेकर्ड गराए र बजारमा पनि ल्याए । सबैभन्दा पहिला कुन कलाकारले भुकम्प गीत रेकर्ड गरे त्यो भने हामीलाई थाहा भएन तर लोकगायक भोजराज काफ्ले, रत्न बानियाँ, गायक टंक बुढाथोकी, गायिका मिलन अमात्य, गायक सत्यस्वरुप देखि पत्रकार कुसुम भट्टराईसम्मले भुकम्प गीत रेकर्ड गराउन सफल भएका छन् । होला यी सबै गायक गायिका आफैंले लगानी नगरेको हुन सक्छ तर पनि अर्काको लगानीमै भए पनि यी गायक गायिकाको आवाज भने भुकम्पको विपतीमा रेकर्ड भएका छन् ।
गायक भोजराज काफ्ले आफ्नै स्वर, शब्द र संगीतमा आयो भुइँचालो नामक गीत रेकर्ड गराएका छन् । त्यस्तै सत्यस्वरुपको स्वरमा रहेको दीप बनोस् बोलको गीत एसियन म्यूजिकले बजारमा ल्याएको छ । जसमा विनोद बन्जराको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ । वसन्त सापकोटाको शब्द संगीतमा शुभ मिडिया होमले आफूमात्र बाँचेर केही अर्थ हुन्न बोलको गीत बजारमा ल्याएको छ । जसमा गायिका मिलन अमात्य र वसन्त सापकोटाले नै स्वरु दिएका छन् ।
त्यसैगरी संगीतकार टंक बुढाथोकी र अनु ढकालको शब्द संगीत एवं स्वरमा सेभ नेपाल बोलको भुकम्प गीत बजारमा आएको छ । त्यसो त अडियो गीतको कुरा गर्ने हो भने इमेलमा करिब १५ भन्दा माथि भुकम्प गीतहरु आएका छन् । यसरी गायक गायिका र सर्जकहरुको कुरा गर्दा भुकम्पको अवसरलाई मध्यनजर गर्दै प्रे फर नेपाल भन्दै धेरैले गीत रेकर्ड गराएका थिए । यूट्युबमा धेरै भुकम्प गीतहरु अपलोड भएका छन् । जसले जे गरे पनि यो विपतको बेला सम्पूर्ण पीडितहरुलाई सहयोग गरौं ।

भुकम्प सम्बन्धी केही भिडियो

 

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु