बटरफ्लाईको ट्रेलरः प्रियंका र आर्यनको चर्चा

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७४, शनिबार

१६ मंसिर, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि चलचित्रको गीत सार्वजनिक भईसकेको छ, जसले निकै राम्रो प्रतिक्रिया पाएको छ । आर्यन र प्रियंकाको लभ केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । झनै ट्रेलरमा त दुबैको एङ्ग्री रुप पनि देख्न पाईन्छ ।

‘बटरफ्लाई’का सार्वजनिक प्रचार सामाग्री हेर्दा सिनेमाले निकै राम्रो हाईप लिन्छ भन्ने आकलन गर्न सकिन्छ । ओम प्रतिकले निर्देशन गरेको यस सिनेमा पौष २८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउनेछ । चलचित्रमा आर्यन र प्रियंकासँगै अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, मोहन निरौला, सुरविर पन्डित, पुर्ण थापा लगायतको पनि अभिनय हेर्न पाईनेछ ।

चलचित्र ‘बटरफ्लाई’मा अर्जुन पोख्रेल, विकास चौधरी र दिपक शर्माको संगीत रहेको छ । सिनेमालाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले मिलेर बनाएका हुन् । कार्यकारी निर्माताको रुपमा भने रमेश प्रजापती रहेका छन्। चलचत्रिका गीतहरुमा कोरियोग्राफी कजिराज गहतराजको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु