बन्ने भो अलबिदा

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७०, बुधबार

काठमाडौं । एचआरके प्रोडक्सनको प्रस्तुतिमा अब चलचित्र अलबिदा बन्ने भएको छ । गत मंगलबार एक कार्यक्रमको आयोजना गरी चलचित्र अलबिदा बनाउने घोषणा गरिएको हो । बिग सिनेमामा नौलो तरिकाले भिडियो फम्र्याटमा देखाएर अलविदा बनाउने घोषणा गरिएको थियो । हसन खान र आर्यन सिग्देलको संयुक्त प्रस्तुति रहने यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्ने भएका हुन् । हसन खान, आर्यन सिग्देल, अनिता आचार्यको मुख्य अभिनय रहने चलचित्र अलबिदामा ताराप्रकाश लिम्बुको संगीत रहने भएको छ । अष्ट महर्जनको द्वन्द्व रहने यस चलचित्रमा रामेश्वर कार्की सिनेमाटोग्राफरको रुपमा रहेका छन् । विपिन मल्लको सम्पादन रहने यस चलचित्रलाई अब चाँडै नै छायाँकनमा जाने जनाइएको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीलगायतले शुभकामना मन्तव्य दिइएको भिडियो देखाइएको थियो । उक्त भिडियोमा चलचित्रका बारेमा अभिनेता आर्यन सिग्देल, हसन खान र निर्देशक लक्ष्मण रिजाललले चलचित्र अलबिदाका बारेमा प्रष्ट पारेका थिए ।

albidaa

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु