बन्ने भो ‘सेभ द कन्ट्री’को

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७१, मंगलवार

काठमाडौं । नेपाली चलचित्र उद्योगमा नयाँ नयाँ चलचित्रहरु थपिने क्रममा देश र माटो का विषयमा बन्ने चलचित्र क्रममा सेभ द कन्ट्री बन्ने भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा उक्त चलचित्रको घोषणा गरिएको छ । प्रमुख अतिथि सञ्चार मन्त्री मिगेन्द्र रिजाल रहेको उक्त कार्यक्रममा नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द, एनेकपा माओवादीका जनार्दन शर्मा ‘प्रभाकर’ र चलचित्र कलाकार संघ कि उपाध्यक्ष लक्ष्मी गिरी लगायतको उपस्थिति रहेको थियो ।

Seve the nation...
नेपाली कथानक चलचित्र ‘सेभ द कन्ट्री’ यही मुलुकले झेल्दै आएको आन्तरिक तथा बाह्य राष्ट्रियताको रक्षार्थ तल्लो वर्गले गरेको न्यायपूर्ण र वीरतापूर्ण संघर्षको कथा भएको बताइएको थियो । कुशल नेतृत्वको नायकत्वद्वारा एकता, संघर्ष र सफलता ‘सेभ द कन्ट्रीको मूल भावना भएको सेभ द कन्ट्रीका लेखक तथा निर्देशक सूर्यकुमार रेग्मीले बताए । उक्त चलचित्रमा सारिका घिमिरे, सपना रोका, सुजना ढकाल, मायुन जिरेललगायतका कलाकारहरु रहेका छन् भने निर्माता लव प्याकुरेल रहेका छन् । नित्य निर्देशक शान्ति कढायत, रोशा श्रेष्ठ, द्वन्द्व शुक्र÷प्रदिप तथा सङ्गीत रुद्र जिएम र सारिका घिमिरको रहेको छ । नेपालको पूर्वी क्षेत्र धनकुटा, ताप्लेजुङ, पाँचथर र पश्चिमक्षेत्रका कपिलवस्तु, दाङ, रुकम, रोल्पा, कैलाली र केही राजधानीमा चलचित्रको छायाँकन हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु