बन्यो संगीतकर्मी कल्याणकारी कोषको कार्यविधि

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७४, बुधबार

संगीतकार संघको साधारणसभामा दाता र सहयोगीलाई सम्मान


जेष्ठ १७, काठमाडौं । संगीतकार संघ नेपालको सातौ बार्षिक साधारणसभा सम्पन्न राजधानीमा सम्पन्न भएको छ । प्रसिद्ध संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संस्कृति मन्त्रालयका सहसचिव भरतमणी सुवेदीको बिशिष्ट आतिथ्यमा संघको साधारणसभा सम्पन्न भएको थियो । संघका अध्यक्ष लक्ष्मण शेषको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थिति अतिथिहरुले संगीतकार संघ नेपालका गतिबिधीले नेपाली श्रष्टा सर्जकको हक अधिकार स्थापीत गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । अतिथिहरुले गीत संगीतसँग सम्बन्धित सबै संघ संस्थालाई समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै संगीतकार संघले थालेका सर्जकको हक अधिकार सँगै सुरक्षा, सहयोग र कल्याण गर्ने अभियानप्रति साथ र समर्थन रहने पनि बताए ।

ram bhattarai
प्रमुख अतिथि जंगमले संगीतकार संघले कुरा हैन काम गरेर देखाउने गरेको भन्दै बर्तमान नेतृत्वबाट धेरै आशा राखेको बताए । कार्यक्रममा संगीतकार संघका संरक्षक समेत रहेका संगीत नाटय एकेडेमीमा उपकुलपति शम्भुजित बाँसकोटा, संगीतकार शक्ति बल्लभ, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित लगायतले शुभकामना मन्तब्य दिएका थिए । साधारणसभामा संगीतकार संघले मातृभूमिको सेवा, समाजिक सदभाव र एकता अनि संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि मेचिमहाकाली सांगीतिक यात्रा गर्ने जानकारी पनि दिइएको थियो । साधारणसभाले संगीतकर्मी कल्याणकारी कोषको कार्यविधि पारित गरेको छ ।

महासचिव महेश खडकाले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरि लम्सालको आर्थिक प्रतिवेदन सभाले सर्बसम्मत पारित गरेको थियो । सोही कार्यक्रममा संगीतकर्मी कल्याणकारी कोषका सहयोगी दाता हरुलाई सम्मान गरिएको थियो । त्यस अबसरमा संघका प्रेस सल्लाहकार समेत रहेका गीतकार लोकराज अधिकारी र कानुनी सललाहकार समेत रहेका गीतकार राम भटटराईलाई बिशेष सम्मान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको उत्थान, संगीतकर्मीहरुको हक अधिकार स्थापना र संगीतकर्मीका लागि कल्याणकारी कर्म गरे बापत दुई गीतकारलाई सम्मान गरिएको हो ।

lokraj
त्यसैगरी सिटिजन्स बैंक, रोटरी क्लव अफ न्युरोड सिटी, म्यूजिक संसार प्राली, बिन्ध्यबासिनी फाउन्डेशन, श्रुति संगीत विद्यालय लगायतका संस्थालाई पनि बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा दाताहरुको तर्फबाट ९ बर्षिया बालकलाकार याङ्गसु श्रेष्ठले बोलेकी थिइन । उनले आफूले गीत गाएर कमाएको पैसाको केहि हिस्सा भन्दै कल्याणकारी कोषमा खुत्रुके सहित हस्तान्तरण गर्दा अग्रजहरुको आँखामा आशु देखिएको थियो । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उदेश्यले कल्याणकारी कोष स्थापना गरिएको हो ।

कार्यक्रममा संघका संरक्षक एवं प्रसिद्ध संगीतकार शम्भुजित बाँसकोटाले कोषलाई ५० हजार सहयोग गर्ने घोषण गरेका थिए । संगीतकार संघका संरक्षक संगीत नाटय एकेडेमीमा उपकुलपति बाँसकोटाले एकेडेमी सधै संगीतकर्मीको साथमा रहेको बताउँदै छिट्टै सेलीब्रेटी कार्ड स्रष्टाको हातमा आउन लागेको जानकारी दिएका थिए ।

yansu shrestha
त्यस्तै कार्यक्रममा नेपाल मेडिकल कलेजका तर्फबाट बोल्दै डा. प्रकाश पौडेलले अबदेखि संगीतकर्मी बिरामी पर्दा नेपाल मेडिकल कलेजमा आबद्ध जुन कुनै अस्पतालमा लाग्ने सबै खर्चको पचास प्रतिशत अनिवार्य छुट दिने र अवस्था हेरी सतप्रतिशत छुट दिइने निर्णय भएको जानकारी दिए । डा. पौडेलले संगीतकारहरुको स्वास्थ्य परीक्षणमा पनि क्याम्प संचालन गर्नका लागि आफूहरु तयार रहेको बताउँदै गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुलाई सकेको सहयोग गर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु