बराकोटीलाई प्रस्तोताको बीस हजार

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७३, शुक्रबार

hemanta-bharat

पौष १५, काठमाडौं । चार महिना अघि सडक दुर्घटनामा परेर देब्रे खुट्टा गुमाउन पुगेका लोकगायक भरत बराकोटीलाई प्रस्तोता समाज नेपालको तर्फबाट २० हजार रुपैयाँ प्रदान गरिएको छ । बराकोटीको कृत्रिम खुट्टा प्रत्यारोपणका लागि समाजले उक्त सहयोग प्रदान गरेको अध्यक्ष हेमन्त शर्माले म्यूजिक खबरलाई बताए । आज धादिङबेसीमा भएको पाँचौं धादिङ महोत्सवको अवसरमा आफ्नो सांगीतिक प्रस्तुति दिएसँगै सहयोग रकम पनि प्रदान गरिएको अध्यक्ष शर्माले बताए । धेरै दर्शक माझ गाउँदा जति खुशी लाग्यो त्यो भन्दा बढि खुशी गायक बराकोटीलाई सहयोग गर्न पाउँदा भएको शर्माले बताए ।

hemanta

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु