बलिउडमा सनि लियोनी पछि अर्की पोर्नस्टार भित्रिदै ! पोष्टरमा पनि न्युड फोटोको प्रयोग !

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७४, आईतवार

पौष ३०, मुम्बई । पोर्नस्टारको रुपमा चर्चित भइसकेपछि त्यो संसारलाई चटक्कै छाडेर बलिउड भित्रिएकी सनी लियोनीले बलिउडमा निकै सफलता पाइरहेकी छिन् । सनीको सफलतासँगै अब बलिउडमा अर्की पोर्नस्टारको आगमन हुने भएको छ । पोर्नस्टार मिया माल्कोवा बलिउड प्रवेश गर्न लागेकी हुन्।

चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्माले आफ्नो आउँदै गरेको फिल्मको लागि मियालाई बलिउड भित्र्याउने तयारी गरेका हुन् । फिल्मको नाम ‘गड सेक्स एण्ड ट्रुथ’ हुने बताइएको छ । फिल्मको सुट्रिसमेत सुरु भइसकेको बताइएको छ । हालै यो फिल्मको पोष्टर सार्वजनिक भएको छ जो निकै बोल्ड छ । यसको फस्र्टलुकमै मिया न्यूड छिन् तर यसलाई निकै कलात्मक ढंगले ढाकिएको छ । मियाले यो पोस्टर आफ्नो ट्वीटरमा शेयर गरेकी छिन् । यो फिल्मको ट्रेलर यही जनवरी महिनाको १६ तारिखमा रिलिज हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु