बल्छी धुर्बे अब गायक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

सविता पोखरेल


काठमाडौं । ‘बल्छी धुर्बे’ नेपाली कलाकारिता जतगमा एक लोकप्रिय नाम हो । गोरखाको ताकुकोटमा आफ्नो बालापन बिताएका बल्छी धुर्बेको वास्तविक नाम मरिचमान श्रेष्ठ हो । नेपाली हाँस्यटेलिश्रृंखला मेरी बास्सैमा बल्छी धुर्बेको भूमिका निर्वाह गरेपछि उनको वास्तविक नाम ओझेलमा परेको हो । मेरी बास्सै टेलिश्रृंखलाका सहायक निर्देशकको रुपमा रहेर हाँस्यब्यङ्ग क्षेत्रमा रहेका बल्छीले हाल “टाढा छैनौं जस्तो लाग्छ आँखाभरि छाइरहन्छौ, तिमी पराई भएपनि सम्झनामा आइरहन्छौुं” बोलको गीतमा स्वर दिएर आफूलाई गायकको रुपमा नेपाली रंगबजारमा उभ्याएका छन् । हाँस्यव्यङ्ग्य क्षेत्रबाट एकाएक संगीत क्षेत्रमा हामफालेका बल्छिले आफूलाई नेपाली सांगीतिक बजारमा स्थापित गरेरै छाड्ने बताउँछन् । यद्यपि कलाकारीता पनि नछाड्ने उनि बताउँछन् ।

balchi dhurbe
शास्त्रिय संगीतका गुरु चन्द्रनलाल श्रेष्ठसँग पाँच वर्ष शास्त्रिय संगीत सिकेका बल्छी धुर्बेको गायक बन्ने सपना अहिले पुरा भएको छ । काठमाण्डौमा शास्त्रिय संगीत पाठशाला सञ्चालन गरिरहेका बल्छीको उक्त गीतमा चर्चित संगीतकार  रमेशराज भट्टराईको शब्द, संगीतको संयोजन रहेको छ । श्री पाण्डे र बिमल अधिकारीको अभिनयको अभिनय रहेको उक्त गीतको पीआरबीटी नं.– ६०४५७०७५ रहेको छ । म्यूजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायांकन रहेको छ । म्यूजिक भिडीयोलाई भावना म्यूजिक सोलुसनले उत्पादन तथा बजार प्रर्वद्धन गरेको हो । इन्टरनेट, युथट्युव लगायत सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोलाई यतिबेला दर्शक तथा श्रोताले निकै नै मन पराएको पाइएको छ ।
जससरी उनको अभिनयलाई मन पराइएको छ त्यसरी नै स्वरलाई पनि श्रोता दर्शकले मन पराउनेमा उनी आशाबादी छन् । उनि भन्छन् ‘यो मेरो पहिलो प्रयास हो, गल्ती कमि कमजोरी अवश्य होलान् । सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु । त्यसपछि आफ्नै शब्दसंगीतमा छिट्टै नयाँ गीत बजारमा ल्याउने पनि सोच बनाएको छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु