बविताको भक्ति आराधना

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७१, आईतवार

काठमाडौं । दर्जनौ भक्ति गीतमा स्वर दिइसकेकी गायिका बविता सिटौलाले भक्ति गीतहरुको संग्रह ‘भक्ति आराधना’ नामक नेपाली भजनहरुको भीसीडी सार्वजनिक गरेकी छिन् । विश्व हिन्दू महासंघका अध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्यमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा सो भीसीडीको लोकार्पण भएको हो । लोकार्पित एल्बममा ९ वटा भजन समावेश गरिएको छ । चलचित्र निर्माता तथा संगीतकार दीपक रमणको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । एल्बममा समावेश आठ वटा गीतमा शब्द तथा संगीत दीपक रमणले नै गरेका छन् भने एउटा भजनमा शब्द तथा संगीत ज्ञानबहादुर खड्काको रहेको छ । एल्बममा गायिका बविता सिटौलालाई संगीतकार दीपक रमण, प्रद्युम्न घलेलगायतले स्वरमा साथ दिएका छन् । एल्बमको बजार व्यवस्थापन ऊँ नमः शिवाय फिल्मसले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु