बाउले कुरा नबुझ्दा मन्जु तनावमा

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७३, बिहीबार

काठमाडौं । सबैका बाबुले कुरा बुझिदिन्छन् रे, तर मन्जु पौडेलको बाउले भने कुरै बुझेनछन् । उनको उमेर ढल्किसकेको पत्तो नलगाउने बाबा कस्ता रहेछन् । जवान चढेकी छोरीको कुन समयमा के हुन्छ कुरा नबुझ्ने कस्ता बाउ परे कुन्नी । यतिबेला गायिका मन्जुलाई स्वामी चाहिएको रहेछ भन्ने कुरा गाइँगुइँ चलिरहेको छ । उनलाई स्वामी चाहिएको कुरा बाउले नबुझेर लुच्चो बाउ भन्दै हिंडेकी छन् मन्जु ।

manju poudel
सँगै खेल्ने दमलीको सबको घरजम भयो
मेरो जोवन बहिनीसँगै गट्टा खेल्दै गयो
भाउजुकै गाजल लाएँ भाउजुकै चुरा बरिलै
स्वामीले दिएको पोते लाउन मन
खै त बाबा बुझेको कुरा बरिलै
सबको घरजम भएपछिको तनाव, जवानी छल्किएको बेला तिजमा साडी लाएर सबै नाच्दा आफ्नो स्वामी भइदिएको भए कस्तो हुन्थ्यो होला भन्ने रहर गायिका मन्जुलाई यतिखेर जागेको रहेछ । यो कुरा उनले पनि बेलैमा बुद्धि पु¥याएको भए कस्तो हुन्थ्यो होला ? सारी लगाउने बेलामा जामा किनिदिने आमा र कुरा नबुझ्ने बाबाकै कारण उनले स्वामी नपाएकै हुन् त ? माथीकै गीतको पंक्तिले उनको मनको कुरा बुझिदिने मान्छे भए राम्रो होला की ।

manju poudel1
एकनारायण भण्डारीको शब्द र लयमा तयार भएको तिजको गीत ‘खै त बाबा बुझेको कुरा बरिलै’ गायिका मन्जुको स्वरमा सजिएको छ । प्राय गरेर तिजको अवसरमा तिजको मौलिकता पस्कने जमर्को गर्ने गायिका पौडेलले यसपाली ल्याएको गीत पनि तिज झल्काउने खालको छ । प्राय गरेर यूट्यूबमा रत्यौली गीतहरुले चर्चा पाइरहेको बेलामा उनको यो गीतले भने तिजको झल्को मेटाउँछ । रातो सारी लगाएर जस्तो गीतमा पनि नाच्दैमा तिज हो भन्न मिल्दैन । तिजको गीतमा मौलिकता हुनुपर्छ, महिलाका वेदनालाई गीतमा समावेश गर्दा तिजको मौलिकता पनि झल्किनुपर्छ, गायिका पौडेलले बताइन् । म सकेसम्म तिजकै गीत निर्माण गर्ने प्रयास गर्छु तर रत्यौली तिजमा रत्यौली भने खेल्दिनँ गायिका पौडेलले भनिन् ।

तिजको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करण चैंसिरले छायाँकन गरेका छन् । अन्जु निरौलाको अभिनय रहेको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । म्यूजिक भिडियोलाई साइ भिजन प्रालिले निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु