बाचामार्फत आएकी शान्ता

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७२, बुधबार

शान्ता जिसी आधुनिक गायनमा नयाँ प्रतिभा हुन् । नेपाली गीतसंगीतलाई आत्मसात गर्दै आएकी गायिका शान्ता प्रवासमा बस्छिन् तर मन भने उनको नेपाली गीतसंगीतमा नै अल्झिएको छ । जापानको टोकियोमा बस्दै आएकी शान्ताले केही समय पहिला ‘बाचा’ आधुनिक एल्बम बजारमा ल्याएकी थिइन् । आफ्नो एकल स्वरमा रहेको आधुनिक गीतिएल्बम बाचामा उनले नेपालका चर्चित संगीतकारहरुको संगीतमा स्वर भरेकी थिइन् । सन्तोष श्रेष्ठ, बीबी अनुरागी, सुरशे सेन्चुरी जस्ता संगीतकारको संगीतमा स्वर दिएकी शान्ताले एल्बम बाचामा डा.कृष्णहरि बराल, सुमन श्रापित, कमला श्रेष्ठजस्ता गीतकारको शब्द लिएकी छन् ।

bacha
एल्बम बाचामा जसरी उनले स्वर दिएकी छन् त्यसरी नै संगीतमा कहिल्यै नछाड्ने बाचा पनि गरेकी छन् । बाचा बोलको गीतको भिडियोसहित सार्वजनिक गरिसकेकी शान्ताले आफ्नो गायनमा श्रीमान् केशव जीसीको साथ रहेको बताउँछिन् । उनले नेपाली संगितलाई निरन्तरता दिने वाचा पनि गरेकी छिन् । बुटवलको बागेश्वरी संगीतालयमा ७ वर्ष संगीतको औपचारिक कक्षा लिएर संगीत क्षेत्रमा आएकी शान्ताले आगामी दिनमा पनि गायनको निरन्तरतालाई अगाडि बढाउने बताएकी छन् ।

bacha_anju

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु