माटो सुहाउँदो बालकको सुर सुगन्ध

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७४, आईतवार

९ पुष, काठमाडौं । गीतकार बालक गुरुङको तेस्रो गीति एल्बम ‘सुरु सुगन्ध’ बिमोचन गरिएको छ । वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालको आयोजनामा राजधानीको प्रज्ञाभवनमा उक्त एल्बम सार्वजनिक भएको थियो । एल्बम विमोचनपछि बोल्दै प्रमुख अतिथि खरेलले गीतकारले शब्द शैली र आफ्नो धार निर्माण गर्दै सुगन्ध छर्न सफल भएको दाबी गरेका थिए ।

एल्बम सार्वजनिक गरेपछि बोल्दै गीतकार बालक गुरुङले आफूले देशअनुसार परिवेश, पूर्वदेखि पश्चिमसम्मको संस्कृतिभित्रको माटोको सुगन्ध दिन खोजेको बताएका थिए ।


त्यसैगरी संगीतकार बुलु मुकारुङले संगीतमाथि समिक्षा गर्दै गीतकारले चलाखीपूर्ण आफ्नो भावलाई पोख्न सफल भएको बताए । मुकारुङले सुर सुगन्धका गीतहरुले गीतकारको आफ्नो धार निर्माण गरेको बताए । त्यस्तै गीतकार राजेन्द्र थापाले गुरुङहरुको थातथलो खोज्दै पूर्वबाट पश्चिमको तिङताङ, नौडाँडासम्म पुग्न सफल भएको बताए । गीतकारले माटोको सुगन्ध अनुसार आफ्नो परिवेश पस्केको देख्दा उनको देशप्रतिको माया झल्किएको पनि पाएको बताएका थिए ।

संस्थाको अध्यक्ष चुडामणि देबकोटाको सभापतिव्तमा कार्यक्रम सम्पन्न भएको थियो । देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै माटो र मुटुमा समर्पित रहेको सुर सुगन्ध बजारमा आएको बताए ।

एल्बममा ६ वटा गीत समाबेश छन् । दुई गीतमा गीतकार गुरुङको संगीत रहेको छ । दिपक खरेल, मेलिना राई, स्वरुप राज आचार्य, राजेश पायल राईको स्वर रहेको छ। एल्बम पन्चम म्युजीकले बजारमा ल्याएको हो ।

कार्यक्रममा एल्बमभित्रको गीत म त माया बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । जसमा रोजल थापाको निर्देशन रहेको छ भने नारायण ढकाल, क्रिश्टिना र रोहितको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु