काठमाडौं । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार र संगीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् ।
म्युजिक खबर पत्रिकाको कार्यलयमा आफ्नो जन्मदिन मनाउने क्रममा संगीतकार लक्ष्मण शेष , दीपक शर्मा , पत्रकार एवं गीतकार सुमन पण्डित लगाएतले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् ।
टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको गीतमा गायिका मिना निरौला , गायक गोपाल ज्ञवाली र बादल घिमिरेको स्वर सुन्न सकिन्छ । बादल घिमिरेको शब्द र संगीत रहेको गीत ‘झुम झुम’ लाई शाहस शाक्यको एरेन्ज रहेको छ ।
नेपाली सुगम संगीतमा काम गर्दै आएका बादल घिमिरेको अन्य लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् ।
यो पनि पढ्नुहोस्-
http://musickhabar.com/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%97%E0%A4%BE%E0%A4%AF%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0/
नेपाल टेलिभिजन र एपी वान टेलिभिजनबाट सर्वाधिक राशीको गायन प्रतियागिता ‘नेपाल लोक स्टार’ संचालन हुने भएको छ । पुस १७ गतेबाट संचालन हुने लोक स्टारमा प्रथम हुनेलाई ५० लाख रुपैयाँ, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । सांगीतिक प्रतियोगितामा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिने उनले बताए ।
‘नेपाल लोक स्टार’ प्रतियोगिताका लागि अडिसन आवेदन यही मंसिर १५ गतेबाट खुल्नेछ । कोइरालाका अनुसार आवेदन नेपाल लोक स्टारको एप्स र वेभसाइटबाटै पनि भर्न सकिने छ । विभिन्न चरणमा हुने लोक स्टार प्रतियोगिताले लोक संगीतको विकास र उन्नयनमा मद्दत पुर्याउने अध्यक्ष कोइरालाले बताए ।
लोक स्टारको प्रमुख निर्णायकमा चर्चित लोक गायक जयनन्द लामा हुने छन् । लामाले संगित महाविद्यालय इलाहबाद भारत र डिस्ट्रीक अफ कोलम्विया पब्लीक स्कुल अमेरीकाबाट उच्च शिक्षा हासिल गरेका छन् ।
आधुनिक विधालाई केन्द्रित गरी संचालित विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’मा प्रथम हुनेलाई ३० लाख पुरस्कार छ भने ‘भ्वाइस अफ नेपाल’मा २५ लाख रुपैयाँ पुरस्कार राशी छ । तर, लोक संगीतलाई मात्रै केन्द्रित गरी संचालनको तयारी गरिएको ‘नेपाल लोक स्टार’ मा ५० लाख रुपैयाँ पुरस्कार तोकिएकाले धेरैले यसलाई चासोका साथ हेरेका छन् ।