बार्सिलोनामा ६ एकान ६

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

तुलसी सिवाकोटी/वार्सिलोना , स्पेन

नेपाली सिने बजारको चर्चित हांस्य चलचित्र ६ एकान ६ स्पेनको बार्सिलोनामा प्रदर्शन गरिने भएको छ । गैर आवासिय नेपाली संघ, स्पेनले संस्थाको कोष अभिब्रिद्धी गर्ने उद्देश्यका साथ स्वदेश बिदेशमा ख्याती कमाइ प्रसस्त आम्दानी गर्न सफल चलचित्र बार्शिलोनाका नेपाली दर्शक माझ प्रदर्शन गर्न लागेको हो ।
नेपाल अधिराज्यका ७० हलहरुमा एकसाथ प्रदर्शन गर्दै रिलिज भएको चलचित्र ६ एकान ६ को कथा लेखन तथा निर्माण दीपक राज गिरिले गरेका हुन भने जस्मा तितो सत्य युनिटका दिपाश्री निरौला तथा निर्मल शर्माले पनि लगानी गरेका छन । दिनेश डिसीले निर्देशन गरेको यस चलचित्रले रिलिज भएको २ दिन मै ७८,००,००० को ब्यापार गरी रेकर्ड बनाएकामा उनी द्वारा निर्देशित अन्य चलचित्रमा खासै सफलता हात पार्न नसकेका दिनेशले चलचित्रको सफलता संगै धेरै खुशी भएको प्रतिक्र्या दिएका थिय ।
उता अर्का निर्माता निर्मल शर्मा बिगतमा अंगरक्षक, अर्जुन, जलन, आमाको माया, जेठो(कान्छो चलचित्रको लागत सम्म उठाउन नसकेर लागेको घाउमा समेत मल्हम लगाउने काम पनि यसै चलचित्रले गर्‍यो । आफुले नै नायिकाको भूमिका गर्न नपाएको मा शुरुमा चित्त दुखाएकी दिपाश्री लाई सहायक निर्देशक बनाएर थम्थमाउन परे पनि चल्चित्रको सफलता पछी अरु चलचित्र पनि बनाउछु भन्दै उत्साहित समेत बनायो ।
चलचित्र ६ एकान ६ मा दिपक राज गिरी , शिवहरी पौडेल, जितु नेपाल , सितराम कट्टेल , केदार धिमिरे, सन्दिप क्षेत्रि लगाएतका पुर्व चर्चित हांस्य टेली सिरिएल तितो(सत्य, जिरे(खुर्सानी, मेरी(बास्यै तथा फ्लप सो का कलाकारका साथमा नायिका निता ढुंगाना को अभिनय रहेको छ ।


कस्तो छ त चलचित्रको कथा ?
कथाको केन्द्र भागमा नायिका निता ढुंगाना रहेकी छन । धनी अनी पढेलेखेकी जवान नातिनीको विवह आफ्नो मृत्‍यु पूर्व नै देख्ने हजुर बा को इच्छा अनुरुप फरक फरक ब्यक्तित्व भएका उपयुक्त केटा खोजिको सेरोफेरोमा चलचित्र को कथा लेखिएको छ ।
ब्यबसायी भूमिकाका शिवहरी देखी केटा छान्न शुरु गरेकी निताले, वकिल जितु नेपाल लाई रोज्दा के भयो रु आफु सल्मान कि फ्यान भएकीले अर्का सल्मानका फ्यान ९चुल्बुल पाण्डे०को रोलमा देखिएका दिपक राज गिरी सँग पनि किन लगन गांठो कसिन सकेन रु कवी सन्दीप क्षेत्रि किन उन्को रोजाइमा परेनन रु रोज्दा रोज्दै थकित भाईसकेकी उन्ले अन्तत नोकरको भूमिकामा रहेका सिताराम सँग विहे गर्न खोज्दा के गडवड भयो फेरी रु  के गरिव मगन्ते केदार घिमिरे सँग बिहे भयो त रु
निताका ६  सम्भावित केटा मध्य कसै सँग बिहे हुन सक्यो सकेनरु कि निता अझै अविवाहित छिन ? कि निताको मनपर्ने कतै तपाईं त हुनुहुन्न रु भन्ने थाहा पाउन पूर्ण मनोरन्जन ले भरिपूर्ण चलचित्र हेर्न निम्न मिती समय र स्थानमा आयोजकले निमन्त्रण गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु