बालकको गीतमा युवाको प्रेम

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७२, बुधबार

काठमाडौं । बालकको गीतमा युवाको प्रेम कस्तो होला सबैले सजिलै बुझ्न नसक्ने हुन सक्छन् । बालकको गीत भनेको त मायाप्रेमको भन्दा पनि उमेर अनुसारको खेल्ने, खाने, स्कुलका कुरा गर्ने हुनुपर्ने तर यहाँ बालकको कुरामा युवाको प्रेम पीडाको गीत गुन्जिएको छ । यी बालक भने वास्तविक बालक होइनन् मान्छे भने युवा हुन् नाम भने बालक गुरुङ ।
आखिर माया प्रेम न हो आफूले मन पराएको मान्छे अर्कोले लगे पनि उसकै मायाको गहिराइमा आफूलाई हराउने मान्छेहरु पनि यहाँ धेरै छन् । बालक गुरुङको शब्दहरु हेर्दा पनि उनी कसैको मायामा हराइरहेका देखिन्छ । यो जन्ममा नपाए पनि अर्को जन्म लिइ आउँछु, सधै तिमीलाई आफ्नो बनाउन भन्ने शब्दमा बालक गुरुङले वास्तविक प्रेमको मर्मलाई उजागर गरेका छन् । साहित्य, गीत संगीतमा लागिपरेका पूर्वेली गीतकार बालक गुरुङले योभन्दा पहिला पनि धेरै गीत लेखिसकेका छन् । यो जन्ममा बोलको गीत केही समय अगाडी सार्वजनिक गर्दै उनले आफ्नो गीत लेखनका अनुभव सुनाएका थिए ।

narayan dhakal
बालक गुरुङको शब्दमा रहेको यो जन्ममा बोलको गीतमा संगीत समेत बालककै रहेको छ । स्वरुपराज आचार्यको स्वर रहेको यस गीतको संगीत संयोजन भने आमोस तामाङको रहेको छ । रोजल थापाको निर्देशन रहेको यो जन्मको म्यूजिक भिडियोमा भने नारायण ढकाल,  दिपेशले अभिनय गरेका छन् भने राष्ट्रिय क्रिकेटकी उपकप्तान ममता थापाको पनि अभिनय रहेको छ । सुरेश कुमार राउतको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई वीरेन्द्र भट्टले छायाँकन गरेका हुन् । यस गीतलाई पञ्चम म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

narayan mamata

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु