‘बिग्रिएका केटा टेकी’मा शंकर बि.सी र करिश्मा ढकाल ! भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७४, सोमबार

माघ २२, काठमाडौं । हिमाल के.सीले उनले बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत “बिग्रिएका केटा केटि” यो गीत बजारमा ल्याएका छन् ।

हिमालको प्रस्तुतिमा बजारमा आएको  “बिग्रिएका केटा केटि” बोलको गीतमा हिमाल के.सी र मनु थामीको सुमधुर स्वर रहेको छ । यस गीतमा लय शब्द काँठ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएका गायक उद्धब घिमिरेको रहेको छ । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, त्यसैले यस्तै पेरिफेरीमा रहेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निकै दमदार बनेको छ ।

बिन्ध्यबासिनी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत प्रकासनमा ल्याइएको भिडियोमा शंकर बि.सी र करिश्मा ढकालको जोड्दार नृत्य सहितको अभिनय रहेको छ । भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु