बिनोदले गीतालाई मस्र्याङ्दी तार्ने तयारी गर्दै (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७४, बुधबार

राजु बोहरा
२६ पुष,काठमाडौँ । पछिल्लो समयमा लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकता हराउँदै गइरहेको अवस्थमा हामी कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना आफैले गर्नु पेछ भन्ने मूल उदेस्य बोकेर संचालनमा आइरहेको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक पन्चेबाजा  लोक दोहोरी गीत ‘जन्म ठाउँ तिर’लार्इ भर्खरै बजारमा सर्बत्र उपलब्ध गराएको छ । राम गगन र दिलु फगामीको सुमधुर स्वरले सजिएको यस गीतलाई लय राम गगन र शब्द अमित बिश्वकर्माले तयार पारेका छन् ।

आफ्नै गाउँ वस्ती र कुना कन्दराको झझल्को दिने गरेर यस गीतको म्युजिक भिडियो पनि तयार पारिसकिएको छ । भिडियोमा बिनोद श्रेष्ठ र गीता राइको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, त्यसैगरी सम्पादन सुजन शाहीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु