‘बुढापाकाले’ मार्फत पुनः आए गायक भट्टराई

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७४, आईतवार

काठमाडौं – पछिल्लो समय निकै व्यस्त रहेका अनि युवा पुस्तामा लोकप्रिय बन्दै गरेका गायक कृष्ण भट्टराई ‘बुढापाकाले’ बोलको गीत मार्फत पुनः आए छन् । उनले भर्खरै मात्र ‘बुढापाकाले’ गीत सार्वजनिक गरेका छन् ।

‘कुल–कुल’ बोलको गीतको सफलतापछि गायक भट्टराईले हिजो आफ्नै युट्युब च्यानल ‘जीके ईन्टरटेन्टमेन्ट’बाट ‘लिरिकल’ भिडियो सार्वजनिक गरेका हुन् ।

पछिल्लो समयका चर्चित संगीतकार शिखर सन्तोषको संगीतमा सञ्चारकर्मी एवं गीतकार सञ्जय बरालको शब्दमा भट्टराईको आवाजमा गीत तयार भएको छ । मिलेसम्म मिल्नु भन्छन् बुढापाकाले, अझ के–के देख्नुपर्छ दुईटा आँखाले‘ । आजभोलि बजारमा बिकिरहेको चल्तीका शब्दहरु भन्दा निकै पृथक शब्द रचना र गीतको भावको गाम्भीर्यताले स्रोता दर्शकको मन तान्छ भन्ने बिश्वास लिएको गायक भट्टराई बताउँछन् ।

सत्य कुरा भन्दा झुटो कुरालाई वढी र छिटो विश्वास मान्ने जमाना आएको भन्दै यो गीतले ‘ईमान झुक्छ बैमान टिक्छ’ भनेर बुढापाकाले भन्छन् भन्दै पछिल्लो समयमा मौलाउँदो विक्रितिलाई तीखो ब्यंग्य गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु