बुद्ध जयन्तीमा आयो गोर्खे सलाम (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७५, सोमबार

१७ बैशाख, काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले ‘गोर्खे सलाम…’ लिएर आएका छन् । साम्सोहाङ राईले राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत छ । गीतमा बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् । उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ ।


मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देश्ँक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् । अंग्रेजीमा उप शीर्षक राखिएको उक्त गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरुलाई द स्टार यूथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाईजका कलाकारहरुले पनि साथ दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु