बुनु भन्छिन्–‘चंचल चंचल छ यो मन मेरो’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७२, बिहीबार

काठमाण्डौं । नेपाली गीतको संगीतको क्षेत्रमा क्रियाशिल रहँदै बुनु शर्माले चञ्चल चञ्चल छ यो मन मेरो’ भनेर गुनासो गरेकि छिन् । उनको वास्तविक जिवनमा मन चञ्चल भएको छ या छैन तर प्रसगं गीतको हो । उनले “दिल बेइमानी” नामक एलब्ममा रहेको “कस्तो माया रहेछ तिम्रो, कस्तो प्रेम तिम्रो…” बोलको गीतको म्युजिक भिडियोको सफलतापछि सोही एल्बमको “चंचल चंचल छ यो मन मेरो, चुलबुल चुलबुल छ यो तन मेरो…” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतको शब्द तथा स्वर बुनु उप्रेतिकै रहेको छ । प्रज्ञा रेकर्डिंङ स्टूडियोमा रेकर्ड गरिएको उक्त गीतमा वरिष्ठ संगीतकार टिका भण्डारीको संगीत रहेको छ भने शम्भु तन्डुकारको एरेन्ज रहेको छ । युएईको दुबईमा छायांकन गरिको उक्त भिडियोमा जोया लामा र बिक्की क्षेत्रीको अभिनय रहेको छ ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु