बुर्लाकोटीको तिम्रो शहरमा

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७१, मंगलवार

काठमाडौं, ३ असार । गायक सुनिल बुर्लाकोटीको तिम्रो शहरमा सार्वजनिक गरिएको छ । बुर्लाकोटीको एकल स्वरमा सजिएको एल्बम तिम्रो शहरमा गत हप्ता मात्र सार्वजनिक गरिएको हो । माया पनि खरिद बिक्री, अचेल किन हाँस्दिन ठूली, मेरो मनभरि तिमी नै छौं, कुनै फूल पलाँस हुन्छन्, तिमीले त आँसु दिएर गयौ जस्ता गीतहरु समावेश गरिएका छन् । हरिहर तिमिल्सिना, समिर सागर, वसन्त वित्यासी थापा, विपिन किरण र सुनिल बुर्लाकोटीको शब्द रहेको यस एल्बममा हरि लम्साल, सुरेश अधिकारी, रमन गायक र स्वयम् गायक सुनिल बुर्लाकोटीकै संगीत समावेश गरिएको छ । यस एल्बमलाई बेष्ट टोन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु