‘बेइमान लभ’ बाट सन्नी लियोनीको बेडसिन किन हट्यो ?

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७३, शुक्रबार

sunny-lion

काठमाण्डौ । नायिका सन्नी लियोनीको वेड सिन चलचित्रबाट हटाईएको छ । पोर्न मुभीबाट आएकी नायीकाको बेडसिन हटाएको भन्दा अचम्म लाग्न सक्छ । तर, नायिक सन्नीका पति डेनियलका कारण एक चलचित्रबाट हट नायिकाको वेड सिन हटाइएको छ ।

सन्नी अभिनित चलचित्र ‘वेइमान लभ’ रिलिज भैसकेको छ । चलचित्रका निर्माता राजिव चौधरीले एक पत्रिकालाई दिएको अन्र्तवार्तामा यो कुराको खुलासा गरेका हुन् ।

उनका अनुसार डेनियलले सन्नीले चलचित्रमा कुन दृश्य दिने र कुन नदिने भन्ने सूची नै छायांकन सेटमा पठाउने गरेका थिए । उनले भने९‘मैले चलचित्रमा समावेश २ वेड सिन काटिदिएको छु । सन्नीका पति डेनियलले यस्तो दृश्य छायांकन नगर्ने भनेपछि कथाबाट हटाउनु परेको थियो ।’

आफू ठूलो चलचित्र कम्पनीको निर्माता नभएकाले यो कुरा विरुद्ध बोल्न नसकेको चौधरीको भनाई छ । बेडरुमका केही दृश्यमा समेत डेनियलले आपत्ती जनाएपछि चलचित्रबाट हटाएको उनको भनाई छ । यस्ता दृश्यले सिंगल थिएटरमा राम्रै कमाई गर्न सक्ने भएपनि सन्नी र उनका पतिले सहयोग नगरेको निर्माता चौधरीको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु