बेलायतमा गोर्खा साँस्कृतिक साँझ

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७२, शुक्रबार

नेपाली चलचित्र क्षेत्रका अति नै व्यस्त नृत्य निर्देशक गोविन्द राई यतिबेला बेलायतमा छन् । साँस्कृतिक कार्यक्रमको सिलसिलामा बेलायत पुगेका नृत्य निर्देशक राईले अहिलेसम्मकै सबै भन्दा लामो विदेश बसाई भएको बताएका छन् । बृटिश गोर्खा नेपाली परिषदले आयोजना गरेको गोर्खा साँस्कृतिक साँझ मा भाग लिन नेपालबाट गोविन्द राईसंगै लोक गायिका सुनिता दुलाल, पप गायिका ईन्दिरा जोशी लगायतका कलाकार बेलायत पुगेका छन् । चलचित्र नागबेलीकी निर्मात्री रोमियन लिम्बुले पनि कार्यक्रमा एकल नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई नचाउन सफल भईन । बेलायतको विभिन्न १३ स्थानमा आ आफ्नो प्रस्तुती प्रदर्शन गरी माघ अन्तिम साता नेपाल फर्कने कार्यक्रम रहेको नृत्य निर्देशक राईले जानकारी गराएका छन् । नयाँ बर्ष २०१६ को प्रारम्भसंगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा ‘गोर्खा साँस्कृतिक साँझ’को आयोजना गरिरहेको हो । परिषदले विभिन्न सात स्थानमा बृहत सांगितीक कार्यक्रम समाप्त गरिसकेको छ । थप सात स्थानमा कार्यक्रम तय भएको छ ।

gobinda rai7

रेडिंगमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले पनि नेपालीको मन जित्न सफल भए । यि हल्लाहरु हुन् तिमीले सुनेका’ लगायतका चर्चित गीतहरु गाएर कार्की सबैको मन जित्न सफल भए । कलाकारहरु रोमियन लिम्बु, आदिको जोडदार नृत्यले पनि यो चिसो मौसममा दर्शकलाई तताउन राम्रै सहयोग मिल्यो । युकेमा बस्ने नेपालीहरुका लागि साँस्कृतिक साँझ पर्व जस्तै भएको छ । ‘बेलायतमा बर्षौसम्म यस्तो ऐतिहासिक कार्यक्रमहरु भएको थिएन, धेरै नेपालीहरुको मन जित्न सफल भएका छौं’, परिषदको कलाकार विभाग प्रमुख रोमियन लिम्बुले भनिन् ‘कार्यक्रमले नेपालीको मनलाई एकसुत्रमा बाँधेको छ ।’

gobinda rai910

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु