बेल्जियममा प्रमोदलाई वान्समोर

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

युरोप । बेल्जियमको एन्टरपमा पासा पुचः ले एक सॉंगितिक कार्यक्रमको आयोजना गरेको छ । भुकम्प पिडीत नेपालीका लागि सहयोग गर्ने उदेश्यले भएको उक्त कार्यक्रममा गायक प्रमोद खरेल हंगामा गरेका छन् । खरेलसँगै गायिका आस्था राउत र नायिका असिस्मा नकर्मी लगायतका कलाकाहरुले कार्यक्रमलाई थप रौनकता दिएका थिए । प्रमोदले आफ्ना हिट गीतहरु प्रस्तुत गर्दा वान्समोरले हल गुन्जायमान भएको थियो। उनले म विना, हंगामा भो, क्रिकेट गीत मेरो देश प्यारो नेपाल, याद गर्न पनि, लगायत विभिन्न गायकहरुको मिमिक्री गर्दा दर्शकले भरपुर मनोरन्जन प्राप्त गरे। गायिका आस्था राउतले चौवन्दी र पटुकी झुम्के वुलाकी सालको पात गाएर स्टेज तताइन्। नायिका असिस्मा नकर्मीले नेवारी कल्चरल डान्स सहित ३ गीतमा डान्स प्रस्तुत गरीन्। पहिलो कार्यक्रम मा युके मा वस्दै आएका कन्दरा व्यान्डका विवेक श्रेष्ठले पनि आफ्ना हिट नम्बर सुनाए। कार्यक्रम १९ जुलाइ सम्म चल्ने पासा पुचः का अध्यक्ष चीजकुमार श्रेष्ठले वताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु