बैंशको उकाली चढेकी झुमा

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७२, सोमबार

बैंशमा स्याल पनि घोर्ले हुन्छ रे भन्ने उखान प्रायजसो मिल्ने गर्छ । उमेरको चढावले तनाव त सबैलाई दिइनैहाल्छ । १६ वर्षेबाट उकाली लाग्न थालेका युवायुवतीको लर्के जोवन देखेर लठ्ठ पर्नेहरु पनि धेरै हुन्छन् । त्यसमाथि पनि युवतीको यौवनमा आँखा लगाउनेहरु धेरै हुन्छन् । बैंशको उकाली चढ्दै गरेकी झुम्कावाली झुमालाई देखेरे यहाँ प्रमोद खरेलको आँखा पनि लोभिएछ । घरबुनाको पछ्यौरीमा मखमली चोली लगाएकी बैंशको उकाली चढ्दै गरेकी युवती झुमालाई देखेर प्रमोदले पनि आफ्ना श्रृंगारिक रसहरु पोखेका छन् । पाक्न बाँकी भएको ऐसुलुको दानजस्तै चाख्न बाँकी रहेकी झुमालाई देखेर धेरै कल्पना गरेकी छिन् शित्तल कादम्बिनीले । त्यसलाई मिठासको गोरेटो खनेका छन् संगीतकार अर्जुन पोखरेलले भने अझै मिठास बनाएर दर्शक स्रोताको मन जित्न सफल बनेका छन् प्रमोद खरेल ।

pramod (1)
प्रमोद खरेलको नयाँ गीतिसंग्रह ओइ झुमा झुम्कावाली भर्खरै सार्वजनिक भएको हो । यूट्यूबमा भर्खर सार्वजनिक भए पनि झुमा झुम्कावालीले मुलुकभित्र भएका विभिन्न महोत्सवहरुमा भाइरल बनिरहेको छ । सबैको मुखमुखमा ओइ झुमा झुम्कावाली भन्ने शब्द उच्चारण भइरहेको छ । गायक प्रमोद खरेलका लागि यो झुमा झुम्कावाली वास्तवमै चर्चाको चुलीमा लैजाने गीत बनिरहेको छ । शित्तल कादम्बिनीको शब्द, अर्जुन पोखरेलको संगीतमा प्रमोदको स्वरको तारिफ जताततै भइरहेको छ ।

pramod

jhuma

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु