बैंश ढलेपछिका राजन

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७२, शनिबार

बैंश ढलेपछि सबैलाई बुढ्यौली लाग्छ भन्ने गरिन्छ । तर मान्छे बुढो भए पनि मन बुढो हुँदैन भन्नेहरु पनि त धेरै छन् । गायक राजन भुजेलको पनि यतिबेला बैंश ढलेको छ । एकातिर सुन व्यवसायमा भएको उतार चढावले उनलाई पिरोलिरहेको छ भने अर्कातिर गायनमा ‘ढल्यो बैंश उँधो गति छ’ भन्दै हिंड्न थालेका छन् ।

amrita -rajan
पिप्ले ४ म्याग्दीका राजन भुजेल (विश्वकर्मा) व्यवसाय र गीत सँगैसँगै लिएर जाने सोचमा काठमाडौं छिरेका हुन् । २०६२ सालमा काठमाडौं छिरेका गायक राजन म्याग्दीको गलेश्वरमा नै सुनचाँदीको व्यवसाय गर्दै आएका थिए । व्यवसाय मात्र गरेर आफ्नो लक्ष्य प्राप्ति नहुने देखेपछि सपनाको शहर काठमाडौं छिनुपर्ने बाध्यता उनीमाथि प¥यो । गीतसंगीतको कामका लागि पनि काठमाडौं नै आउनुपर्ने भएपछि गायन र व्यवसायलाई काठमाडौंबाट नै सँगसँगै लैजाने सोच बोकेर ०६२ मा काठमाडौं छिरेका राजनले काठमाडौंको गोंगबुमा म्याग्दी धौलागिरी गहना पसल संचालन गर्दै आएका छन् । सुनचाँदी व्यवसायसँगै संगीतको पनि व्यवसायलाई सँगै लैजाने सोचका साथ गलेश्वर म्यूजिक सेन्टर पनि संचालन गरिरहेका गायक भुजेलले करिब डेढ दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

dhalyo baish
नेपाली कलाकारितालाई विस्तार गर्ने उद्देश्यले गीतसंगीतमा लागेका गायक भुजेलले सुन व्यवसायभन्दा पनि कलाकारितालाई बढी महत्व दिने गरेका छन् । व्यवसाय भन्ने कुरा जतिबेला पनि गर्न सकिन्छ तर कलाकारिता भनेको आफ्नो पहिचान हो भन्ने सोच उनीमा छ । त्यसो त मौलिक कला संस्कृतिको भण्डारका रुपमा चिनिने धौलागिरी अञ्चलबाट काठमाडौं छिरिसकेपछि लोकदोहोरीको वातावरणले नछुने कुरै भएन । आफ्नो स्थानीय पहिचान भनेकै लोक कला संस्कृति हो, त्यसैलाई आत्मसात गर्नु मेरो कर्तव्य हो, राजनले भने । २०५१ सालमा बजारमा आएको आउँछ आँसु तिम्लाई के थाहा छ, जुन गीतमा राजन भुजेल र गायिका लक्ष्मी न्यौपानेको पहिलो रेकर्ड भएको गीत थियो । यस गीतलाई रञ्जना म्यूजिकले बजारमा ल्याएको थियो । त्यसपछि ढलेछ वर पिपल, लगनको महिना, धेरै बग्यो जनताको रगत, साइलाले त्यसै गाउँदैन, मलाई त च्वाँक केटी चाहिन्छजस्ता चर्चित गीतहरु उनको आवाजमा रेकर्ड भइसकेका छन् । गत बैशाखमा नै बजारमा ल्याउन लागिएको ‘भुकम्प चल्यो चल्यो’ ले बजारमा आउन नपाउँदै मुलुकमा नै साँच्चिकै भुकम्प गयो र गीत बजारमा आउन ढिला भयो । नेपाली गीतसंगीतको बजार नै तहननहस भएको बेला मायाप्रेमको भुकम्प चल्ने कुरै भएन । जुन गीत यतिबेला बजारमा आउन लागेको छ ।

surbir pandit
गला र कलाको माध्यमले नेपाली संगीत क्षेत्रमा स्थापित भएका भुजेलले गाएका गीतहरु स्रोताहरुको रुचिमा नै पर्ने गर्छन् । पछिल्लो समय उनले गाएको गीत ‘ढल्यो बैंश उँधो गति छ’ निकै मार्मिक छ । एउटा गाउँ होस् या शहर सबैतिर भइरहने यथार्थ घटनाभित्र उनको गीत रमेको छ । बुढ्यौली लागेका बाबुआमा काममा नै व्यस्त हुने तर छोरा बुहारी भने मनोरञ्जन गरेर बस्ने चलन हाम्रो समाजमा मौलाउँदै गएको छ । सासु ससुरालाई हेप्ने प्रवृत्ति या बाबुआमालाई हेलाँ गर्ने प्रवृत्तिलाई यो गीतले औंल्याएको छ । यस गीतमा गायक राजन भुजेल र शान्ता परियारको स्वर रहेको छ । विनोद विश्वकर्माको शब्द र संगीत रहेको यस गीतमा सुरवीर पण्डितको जीवन्त अभिनय रहेको छ भने साथमा अमृता भुजेल लगायतको अभिनयलाई प्रस्तुत गरिएको छ । कुमार केसीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई गलेश्वर म्यूजिकले नै बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु