बोतलको पानी र चन्चले नानीमा भुलेका विल्सिन र अमर (भिडियोमा)

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७४, मंगलवार

२७ चैत, काठमाडौं । बोतलको पानी र चन्चले नानीहरुले धेरैलाई भुलाउँछन् भन्ने कुरा समाजमा सुनिएकै हो । चर्चित अभिनेता विल्सन विक्रम राई र गायक अमर राई पनि यसबाट अछुतो रहेनन् । चन्चले नानी र बोतलको पानीमा भुलेका यी दुईको यथार्थ भिडियो सार्वजनिक भएको छ । बोतलको पानी बेच्ने अभिनेत्री शिल्पा पोखरेल र नानीलाई आँखा लाउने विल्सन विक्रम अनि यी दुईलाई गीतमा लठ्याउने अमर राईको भिडियो यतिखेर सार्वजनिक भएको छ ।

गायक अमर राईको इमोर्टल एल्बममा समावेश रहेको बोतलको पानीले चन्चले नानीले बोलको गीतका म्यूजिक भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेलले कथा अनुसार अभिनय गरेका छन् । अमर राईको स्वर र मनिपाल राईको शब्द, संगीत रहेको गीतलाई शुभकामना मिडिया सोलुशनले बजारमा ल्याएको हो । गायक राई लामो समय प्रवासमा बसेर नेपाली गीतसंगीतलाई माया गरिरहेका थिए । पछिल्लो समय प्रवास छाडेर नेपालमै गीतसंगीतमा लागिरहेका राईले भर्खरै बजारमा ल्याएको बोतलको पानीले गीत यतिखेर बजारमा चर्चायोग्य बनिरहेको छ । निकेश खड्काको निर्देशनमा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् । राजीव समरको कोरियोग्राफर रहेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु