बोर्डको पहिलो महिला अध्यक्ष बनिन् निकिता

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७४, सोमबार

२५ मंसिर, काठमाडौँ । गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष निकिता पौडेल नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकी छन् । विगत ६ महिना देखि रिक्त अवस्थामा रहेको चलचित्र विकाश बोर्ड अध्क्षय पदमा निकिता पौडेल नियुक्त भएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो । निकिता चलचित्र विकाश बोर्डकि पहिलो महिला अध्क्षय बन्न सफल बनेकी छिन् ।

गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत रहेकी निकिताले गत भाद्रमा अध्क्षयको लागि आवेदन दिएकि थिईन । अध्क्षय पदको लागि योग्य हुन सरकारले कम्तिमा १० बर्ष सोहि क्षेत्रमा काम गरेको र स्नातक पास गरेको योग्यताको माग गरेको थियो । मन्त्रीपरिषदले उनलाई योग्य ठानी बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । म्यूजिक खबर परिवार अध्यक्ष निकिता पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु