‘ब्युटिसियन नेपाल’ मा प्रतिभा देखाउँदै

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७३, मंगलवार

काठमाडौ । एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल – २०१७’ तेस्रो सिजनका लागी ३१ जना अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका छन् । केही दिन अगाडी काठमाडौको सि–डब्लु होटलमा ‘ब्युटिसियन नेपाल – २०१७’को ट्यालेन्ट शो सम्पन्न भएको छ ।

beauty contest (3)
छनौट भएका ३१ प्रतिस्पर्धीले नृत्य, कविता, गीत गायन तथा अन्य धेरै प्रतिभाहरु देखाएका थिए । सधै वर्षहरुमा जस्तै यस वर्षका प्रतिस्पर्धीहरु धेरै ट्यालेन्टेड भएकाले छनौट गर्न गाह्रो परेको एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले बताइन् ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘ब्युटिसियन नेपाल – २०१७’को आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।

beauty contest (2)
चैत २६ गते काठमाडौ मलको ग्लालेक्सी हल काठमाडौमा फाइनल हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।

beauty contest (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु