भगवान भण्डारीको मार्मिक गीत ‘गुराँश झैं फुलेर’को चर्चा

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७३, शुक्रबार

bhagawan-bhandari

पौष २२, काठमाण्डौ । नेपाली लोक दोहोरिको क्षेत्रमा गायक भगवान भण्डारी एक गौरव बोकेका नाम हो । गायक, लय, तथा शब्द संकलक भण्डारीले सिर्जना गरेका थुप्रै गीत संगीत नेपाली सांगीतिक धरातलमा अमर छन्, अजर छन् । ‘खैरेनिमा गेट’ ,‘बनमा काडा छ’ ,‘बिग्रियो चाल् पनि’ ,‘फूलमा भमरा’, ‘चैत मासको हुरिले’ ,‘ससुराली’मा जस्ता गीतहरु नेपाली लोक दोहोरिको क्षेत्रमा कालजयी बनेका छन् ।

नेपाली लोक दोहोरिको क्षेत्रलाई हराभरा बनाउनमा भण्डारीको ठुलो योगदान छ । उनको मेहनत ,परिश्रम ,लगनशिलता जस्तो हिजो थियो आज प्रवासमा रहेर पनि त्यो डगमगाएको छैन, बरु झनै बलियो बनेर प्रस्तुत भएको छ । त्यस्को पछिल्लो उदाहरण हो ‘गुराँश झै फुलेर’ । बिदेशको ठाउँ ,ब्यस्त जिन्दगीको बाबाजुद उनले सांगीतिक कोशेली स्वरुप ‘गुराँश झैं फुलेर’ गीत सार्वजनिक गरेका छन् । जसको यतिबेला नेपाली सांगीतिक बजारमा अत्याधिक चर्चा छ, रुचाइएको छ ।guras-bhagawan-bhandari

भण्डारीले एक्काइसौ शताब्दीमा आएर पनि जातिय छुवाछुत र कथित दलित र ठुलो जातको भेदभाव कायमै रहेको अबस्थालाई गीत मार्फत उतारेका छन् । स्वयम् भगवान भण्डारीको स्वर शब्द र लय रहेको उक्त गीतमा कमला पोखरेलले महिला स्वरमा साथ दिनु भएको छ । युट्युब मार्फत सार्वजनिक भएको भएको गीतमा भगवान भण्डारी आँफैले र चर्चित गायिका शान्ती भण्डारी तथा गणेश उप्रेतीको अभिनय रहेको छ । बिन्ध्यवासीनि म्युजिक मार्फत बजारमा आएको ‘गुराँश झैं फुलेर’लाई माया आर्टसले निर्माण गरेको हो ।

हेर्नुहोस् म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु