भगवान भण्डारीको शब्दमा प्रधानमन्त्री प्रचण्ड र सिता दाहालबिच दोहोरी

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७३, बिहीबार
prachanda-vagawan-bhandari

प्रधानमन्त्री प्रचण्ड, गायक भगवान भण्डारी तथा प्रचण्ड पत्नी सिता दाहाल

काठमाडौं, १६ मंसिर । हाल नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । सँधैजसो जनता जनार्दनबाट अत्याधिक आलोचित बन्ने गरेका प्रचण्डलाई सत्तामा पुगेको बेलामा त झन् रुचाउने जनता भेटिन पनि मुश्किल नै पर्दछ । सामाजिक सञ्जालमा सायद सबैभन्दा बढी गाली र सराप खाने नेतामा पनि प्रचण्ड नै हुनुपर्दछ । जनतामा अलोकप्रिय बनिरहेका प्रचण्डको गतिबिधि अनुचित भएको भन्दै प्रचण्ड पत्नी सिता दाहाल र प्रचण्ड बिच दोहोरी परेको छ । धर्म नगर्ने भन्ने भैंसी पुजा गर्ने, जनयुद्धको मर्म बिर्सने आदि इत्यादी कुराहरु सम्झाउँदै उनले गाली गरेकी छिन् भने नेपालीको के मतलब प्रभु रिजाएर नै सत्तामा पुगेको छु आफ्नै बारेमा सोच्ने समय हो भन्दै प्रचण्डले सिताको प्रतिवाद गरेका छन् ।

सरल सरस शब्दको प्रयोग गर्दै गायक भगवान भण्डारे लेखेको व्यंग्यात्मक गीत सार्वजनिक भएको छ । नेपालका हालका प्रधानमन्धी पुष्पकमल दाहाल (प्रचण्ड) र उनकी पत्नी सिता दाहाल बिचको दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा उनले प्रधानमन्त्री दाहाल नेपाली जनताका लागि भन्दा पनि भारत रिझाउन लागि परेको आशय पोखेका छन् । सामाजिक सञ्जालमा सेयर गरेको गीतको शब्दमा प्रधानमन्त्री दाहाल र उनकी पत्नी सीताबीच भएको काल्पनिक कुरा भनिएको छ ।

bhagawan-bhandari

लोकप्रिय लोक तथा दोहोरी गायक भगवान भण्डारी

गायक भण्डारी वास्तवमा नै नेपालको लोक तथा दोहोरी गायन क्षेत्रमा भगवान झैं प्रिय र छन् । उनको माधुर्य स्वर लहरी गाउँ देखि शहरमा वस्ने सवै स्रोता माझ कर्णप्रिय वनेको छ । नेपाली सांगीतिक धरातलमा भिन्नै प्रभाव छाड्न सफल भएका गायक भगवानले खैरेनीमा गेट, फुलमा भमरा, वनमा काँढा छ , कोठी गालैमा, त्यो मन कस्तो छ, र्राईफल भिरेर, विग्रियो चाल पनि, गयौ धोका दिएर आदी चर्चित लोकदोहोरी गीतका एल्वमका गीतहरु गाएर गायन क्षेत्रमा आफ्नो भिन्नै प्रभाव छाड्न सफल भएका छन् ।

 

लोक तथा दोहोरी गीति क्षेत्रमा अधिकतम माया एवं सम्मान पाउन सफल भएका गायक भण्डारीले प्रचण्डलाई दाहाल पात्र र प्रचण्ड पत्नीलाई दाहालनी पात्र बनाएर लेखेको गीत यस्तो छ –

दाहालनी : धर्म कर्म गर्दिन भन्छौ भैंसी पुजा गर्छौ
हिन्दी बोल्नी देख्नै हुन्न लम्पसारै पर्छौ
बनिसक्यौ कवाडी
नाटक गर्दा गर्दै दुनियाँको अगाडी
बनिसक्यौ कवाडी

दाहालः प्रभूकै खुट्टा मोलेर त कुर्चि हात पर्यो
नेपालीको के मत्लब को बाँच्यो को मर्यो
होकि होईन भनत
भारत खुशी पारे किन चाहियो जनता
हो कि होईन भनत

दाहालनी : देशको मुहार फेर्छु भन्थ्यौ युद्ध गर्ने बेला
ऐले तिमलाई मोदी प्यारो आफ्नै जनता हेला
रैछौ पापी अधर्मी
ठाऊँमा आए पछि जे मन लायो त्यै गर्नी
रैछौ पापी अधर्मी

दाहाल : यहि मोज मस्ती गर्नकै लागि राजनिती गर्या मैले
लौ भनत कस्ता थियौं कस्ता भयौं ऐले
आफ्नै भूँडी भर्नी हो
मुखले जनता भन्नी काम चाँहि उल्टो गर्नी हो
आफ्नै भूँडी भर्नी हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु