भजन संग्रह ‘रत्न रचना’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७२, आईतवार

काठमाडौं । गीतकार रत्नप्रसाद आचार्यद्वारा रचना गरिएका नेपाली भजनहरुको नयाा एल्बम ‘रत्न रचना’ बिहिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, संगीतकार मिलन मोक्तान, संगीतकार लक्ष्मण शेष, सञ्चारकर्मी कृष्ण भट्टराईसहितका व्यक्तित्वले गायिका सविना आचार्यद्वारा स्वरवद्ध उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

Bimochan_Ratna Rachana_2

नेपाल सांगीतिक संघका अध्यक्ष तथा संगीतकर्मी मिलन मोक्तानको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा वरिष्ठ संगीतकार प्रेमध्वज प्रधानले हरेक गायक–गायिकाले भजनबाट आफ्नो गायन यात्रा प्रारम्भ गर्नु उपर्युक्त हुने धारणा व्यक्त गर्नु भयो । नातिकाजी, फत्तेमान जस्ता अग्रज गायकहरुले पनि भजनबाट गायन यात्रा प्रारम्भ गरेको उदाहरण दिंदै संगीतकर्मी प्रधानले गायिका सविना आचार्यको गायकीको प्रसंसा समेत गरे । नेपाल संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एल्बमका गीतहरुको समिक्षा गर्दै गायिका सविना आचार्यको सांगीतिक भविष्य उज्वल रहेको बताए । ‘एउटा–दुई वटा भजन सुन्दै गायिका आचार्यको प्रतिभाको पहिचान गर्न सफल भए’, संगीतकार शेषले भजनबाट गायन यात्रा प्रारम्भ गर्ने गायक–गायिका सांगीतिक क्षेत्रमा सफल हुने दावी गरे ।

Bimochan_Ratna Rachana_1

पारस म्युजिक ब्याण्डले तयार पारेको यो एल्बममा विकास चौधरी, बिनोदकुमार भुजेल, गोपालकुमार झा, राजसविनाद्वारा संगीतबद्ध भजनहरु समावेश गरिएका छन् । एल्बममा ‘हे इश्वर’, ‘हे राम’, ‘रित्तै आइ’, ‘फर्कन कृष्ण’ आदि शीर्षकका भजनहरु समावेश गरिएका छन् । एल्बमका भजनहरुमा विकास चौधरी तथा बिनोद कुमार भुजेलले संगीत संयोजन गरेका छन् ।

Bimochan_Ratna Rachana

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु