भट्टराईले भने : नरिसाउ न डार्लिङ मापसेले मार्यो

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७१, बुधबार

काठमाडौं, १० बैशाख । गीतकार कुसुम भट्टराईलाई कहिले पापी मायाले डुबाउँछ कहिले भने मापसेले मार्छ रे । मापसेले पनि किन नमारोस् मादक पदार्थ सेवन गरेपछि ट्राफिक नै हुन् बाटोमै उपचार गरिहाल्छन् । गीतकार भट्टराईलाई पनि बाटोमै चेकिङ परेर मापसेले मा¥यो रे ।
अर्जुन पोखरेलको संगीतमा तयार पारिएको गीत नरिसाउ न डार्लिङ मापसेले मा¥यो टाइगर द रियल हिरो चलचित्रको गीत हो । गायक रामजी खाँड र गायिका पूर्णकला बिसीको स्वरमा सजिएको उक्त गीतलाई बुधबार राजधानीमा ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीद्वारा शुभसाइत गरी रेकर्डिङ कार्य सुरु गरिएको छ । ड्रिम्स स्टुडियोमा गरिएको उक्त गीतको शुभसाइतमा अधिकारीले नरिबल फोरेर धूपदिप गरी रेकर्डिङ कार्यको सुरुवात गरिएको हो । उक्त कार्यक्रममा चलचित्रकी नायिका शुभेच्छा थापा, निर्देशक राजु गिरी, संगीतकार अर्जुन पोखरेल, गीतकार कुसुम भट्टराई, गायक रामजी खाँड, गायिका पूर्णकला बिसीलगायतको उपस्थिति रहेको थियो ।
7

 

6

 

5

 

4

 

2

 

1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु