भरतको बैंशमा अष्ट्रेलियातिर

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७३, मंगलवार

माघ ११, अष्ट्रेलिया । गायक भरत सिटौलाको बैंश यतिखेर अष्ट्रेलियातिरको नेपालीहरुमाझ छाएको छ । पप गायनको क्षेत्रमा एउटा उचाइ कायम गरिसकेपछि टिभीको कार्यक्रमतर्फ लागेका सिटौला लामो समयको ग्यापलाई बैंशमा ल्याएर पूरा गरेका छन् । बैंशमा बोलको गीत बजारमा ल्याएपछि सिटौला यतिखेर देश विदेशका कार्यक्रममा व्यस्त बन्दै आएका छन् । यतिखेर अष्ट्रेलियाको शहरहरुमा उनको बैंशमाले निकै छाएको छ ।

FB_IMG_1485041123168

बैंशमा मै पनि घोर्ले तिमी च्वाँक हुँदी हौ, अहिले त उमेर ढल्किदै गयो तिमी नि छक पर्दी हौ… आफ्नै शब्द, संगीत, स्वर र अभिनयसमेत पस्केका भरतको यो गीत अहिले युवाहरुको माझमा निकै लोकप्रिय बनेको छ । पछिल्लो समय पुनः पप गायनले राम्रो स्थान पाइरहेको अवस्थामा उनी पुनः गायनमै फर्किंदा देशविदेशको बजारमा उनको बैंशले चर्चा पाउन सफल भएको हो ।

FB_IMG_1485041026125

FB_IMG_1485041118879 FB_IMG_1485043881647

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु