भर्सटाइल गायिका सरिता

म्यूजिक खबर
प्रकाशित: ३१ आश्विन २०७४, मंगलवार

 

सरिता लामा भर्सटाइल गायिका हुन् । आफूलाई आधुनिक, लोक, पप विधामा पोख्त गराउँदै आएकी गायिका हुन् सरिता । मदनपुर–८, ककनी, नुवाकोट हालको ककनी गाउँपालिका ६ मा जन्मिएकी सरिता सानैदेखि नै गायनलाई आत्मसात गर्दै आएकी गायिका हुन् । सांगीतिक परिवारमा जन्मिएकी सरिताको समाजको वातावरणले पनि उनलाई गीतसंगीतमा ल्याएको हो । ०६४ सालबाट गायनको औपचारिक यात्रा सुरु गरेकी सरिताले आधा दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् ।

डोलराज बाह्रघरे शब्द र गोविन्द मधुर आचार्यको संगीतमा तिम्ले टाढा बोलको आधुनिक गीत गाइसकेपछि उनको स्वरलाई सबैले तारिफ गर्न थालेका हुन् । त्यसपछि आफ्नै शब्दमा डोलराज बाह्रघरेकै संगीत रहेको गीत तिमी बिना मर्छु अब बजारमा ल्याएपछि उनलाई अझ उर्जा मिल्दै आएको बताउँछिन् । आधुनिक गायनमा पाइला चाल्दै गरेको बेला उनले आफ्नो समुदायलाई लक्षित गर्दै नुवाकोटे है च्याङ्वा, जुहारी ज्यान माइला, परदेशमा बसेर के गर्छौं माया जस्ता तामाङसेलो पनि बजारमा ल्याउन सफल भइन् । आफ्नो समुदाय अनुसारको सांस्कृतिक पहिचान दिलाउन उनलाई यी लोकगीतहरुले ठूलै मद्दत पु¥यायो । त्यसपछि आफ्नो फरक पहिचानलाई प्रस्तुत गर्नका लागि उनले तिमीले त बिर्सेछौ भन्ने लोक पप गीतलाई बजारमा ल्याउन सफल भइन् । आधुनिक, लोक र पप शैलीका गीतमा उनले आफ्नो स्वरको परीक्षण गरिसकेपछि उनको यात्राले गीतसंगीतभन्दा बाहिर जान नै सकेन ।

गायनमा निरन्तरता दिने सोच लिएकी गायिका सरिता लामाले संगीत शिक्षा बिना अधुरो हुने बताइन् । सरिताले पनि गान्धर्व संगीत विद्यालयमा केही समय संगीत शिक्षा लिएकी थिइन् । संगीत प्रशिक्षणमा निरन्तरता नभए पनि उनले संगीतको अभ्यास गर्न भने छाडेकी छैनन् ।

कला क्षेत्रमा लाग्नु भनेको राम्रो काम हो भन्ने सकारात्मक सोचबाट अगाडि बढेकी सरिताले भनिन्–‘कलाकार हुनुमा गर्वको महसुस भएको छ् । उनलाई यो क्षेत्रमा आउनुमा परिवारको ठूलो सपोर्ट छ । उनको गायकीलाई पछ्याउँदै देशभित्र हुने धेरै स्टोज प्रोग्रामहरु हात पारिसकेकी छन् सरिताले । उनले बहराइन तामाङ सेवा समाजको सम्मान, कटुन्जे युवा क्लब, मेलम्ची सम्मान, नेपाली इन्द्रेणी समूह बहराइनको सम्मानसहित दर्जनौं सम्मान, कदर पत्र र प्रशंसा पत्र प्राप्त गरिसकेकी छन् । भविश्यमा गायन क्षेत्रलाई उचाइमा पु¥याउन मेहनतका साथ लाग्ने सोच उनीभित्र छ । यतिबेला नयाँ गीतको तयारीमा जुटेकी सरिता गीतसंगीत भन्दा बाहिर जान नसक्ने बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु