भाइ र भतिजले संगीतको नयाँ उचाइ थपे : अधिकारी

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७१, शनिबार

काठमाडौं, ४ असोज । गीतकार दिनेश अधिकारीले आफ्नो उचाइभन्दा पनि माथिको कार्य गरेको भन्दै भाइ र भतिजले संगीतमा नयाँ उचाइ कायम गरेको बताए । गीतकार उत्तम भौकाजीलाई भाइ र गायक एवं संगीतकार स्वरुपराज आचार्यलाई भतिजको सम्बोधन गर्दै गीतकार अधिकारीले भाइ र भतिजको नयाँ गीतिसंग्रह मनमोहिनी एउटा संग्रहणीय एल्बमका रुपमा आएको बताए । अधिकारीले गीतका शब्दहरु केलाउने जिम्मा पाएको बताउँदै एउटा कवि तथा गीतकार भाइ र भतिज स्वरुपको संगीत र स्वरले गीत सुनिरहुँ मात्रै बनाएको र आफ्नो मनमोहिनी एल्बम सुन्ने इच्छा अझै पूरा नभएको बताएका थिए ।
नयाँ तरिकाबाट विमोचनको शैली अपनाइएको गीतकार उत्तम भौकाजी र गायक एवं संगीतकार स्वरुपराज आचार्यको मनमोहिनी एल्बम विमोचन कार्यक्रममा गीतसंगीतका विशिष्ट हस्तीहरुको उपस्थिति रहेको थियो । मनमोहिनीको रेकर्डिष्ट एवं ध्वनि सम्पादक मित्र लामा, कभर डिजाइनर अनिल स्थापित र एरेन्जर गोपाल रसाइलीले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा गीतकार उत्तम भौकाजी, गायक सत्य र स्वरुपबीचको पुरानो सम्बन्धदेखि हालसम्मका फुटेजहरुलाई भिडियोमार्फत् देखाइएको थियो । त्यस्तै दुई वटा म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो भने गायक स्वरुपराज आचार्यले दुईवटा गीत गाएर सुनाएका थिए । मनमोहिनीलाई विन्दवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको थियो ।

s4 s3 s2 s s5

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु