भारतीय कलाकारलाई निर्देशन गर्दै निखिल

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार

जेठ ७, काठमाडौं । अभिनेता निखिल उप्रेतीले अभिनयका साथै निर्देशनलाई पनि निरन्तरता दिन थालेका छन्। निखिलले शनिबार फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को निर्माण एवं निर्देशनको घोषणा गरेका छन्। दुई वर्ष पहिले  ‘भैरव’ बाट फिल्म निर्देशनमा डेब्यु गरेका निखिल ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ मा निर्देशकका अलवा मुख्य भूमिकामा अभिनय गर्नेछन्।

nikhil-upreti-Krishnahari Baral

यो फिल्ममा निखिलको निर्देशनमा अभिनय गर्नेछन् भारतीय अभिनेता अनन्त योग। योगले ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ को मुख्य भूमिकामा अभिनय गर्दै छन्। योगले बलिउडका ‘राउडी राठौर’, ‘सरकार’, ‘वेलकम ब्याक’, ‘हाउसफुल  २’ लगायत सयौं फिल्ममा अभिनय गरिसकेका छन्।

nikhil-upreti

यो फिल्ममा योगका अलवा नेपाली कलाकार विजय लामाका साथै भारतीय कलाकार अली जाफर (टिपु सुल्तान) र नेन्सीले अभिनय गर्ने पनि निश्चित भइसकेको छ। एक महिनापछि छायांकन सुरु हुने फिल्म अमेरिका, थाइल्यान्ड, सिंगापुरलगायत भारत र नेपालका विभिन्न सहरमा छायांकन गरिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु