भुकम्प पीडितलाई सत्य–स्वरुपको ८० हजार

म्यूजिक खबर
प्रकाशित: ९ असार २०७२, बुधबार

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयोजनमा गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले शारीरिक अपांगता भएका भुकम्प पीडितलाई सहयोग स्वरुप ८० हजार नगद हस्तान्तरण गरेका छन् । सत्यस्वरुपले अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारका लागि काम गर्दै आएको संस्था उज्ज्वल नक्षत्र सेवा समाजलाई हस्तान्तरण गरेका हुन् । रोशन आचार्यको नेतृत्वमा अष्ट्रेलियाको कोबरा निवासी नेपालीहरुले जम्मा गरेको रकमलाई सत्यस्वरुपले संयोजन गर्दै उचित व्यवस्थापन गरेका हुन् । अष्ट्रेलियाका प्रवासी नेपालीहरुले यसभन्दा अघि पनि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ नेपाल पठाएका थिए । तर, उक्त रकम वास्तविक पीडितहरुले नपाएको महसुस गरी सत्यस्वरुपलाई त्यसको व्यवस्थापन गर्न आग्रह गरेका थिए । जसअनुसार यसपटक भने प्रत्यक्ष रुपमा सत्यस्वरुपको संयोजनमा पीडितलाई हस्तान्तरण गरेका हुन् ।
यता राहतमा भएको राजनीति देखेर वाक्क भएर यसबाट टाढा रहने सोच बनाइरहेका थियौं स्वरुपराज आचार्यले भने– “ठीक त्यही समयमै मोबाईलमा एउटा म्यासेज आयो । जहाँ लेखिएको थियो ‘शारिरिक अपाङ्गता भएका व्यक्तिका लागि सेतो छडि, ह्विलचियर, बैशाखीको अभाव’ । त्यसपछि बल्ल हामीले अष्ट्रेलिया बस्दै आएका रोशनले पनि सहयोगका लागि गरेको अनुरोधलाई सही ठाउँमा सदुपयोग गर्न सकिने देख्यौं र यो सहयोग हस्तान्तरण गरेका हौं ।”

satyaraj acharya
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भक्तराज संगीत प्रतिष्ठानको संयोजनमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गरेको संस्था उज्वल्ऽ नक्षेत्र सेवा समाजलाई सत्यस्वरुपले रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै गायक स्वरुपराजले अष्टे«लियामा रहेका नेपालीहरु र रोशन आचार्यको नाम पटक पटक सम्झिदै धन्यवाद दिएका थिए । त्यस्तै गायक सत्यराजले समाचारमाध्यमहरुलाई जिम्मेवार हुन आग्रह गर्दै बाहिर हल्ला गरिएजस्तो नेपाल पूर्ण रुपमा ध्वस्त नभएको र विपतबाट नेपालीले सिक्नुपर्ने बताएका थिए । सत्यस्वरुपले आफूहरुले भक्तराज संगीत प्रतिष्ठानद्वारा सहयोगको कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी उज्ज्वल नक्षत्र सेवा समाजका अध्यक्ष बासुदेव अधिकारीले गायक सत्यस्वरुपले समाजको उदाहरणीय काम गरेकोमा प्रशंसा गर्दै जो बाहिरी आँखाले यो संसार देख्दैनन् उनीहरुको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरु सदैव उच्च रहने बताएका थिए । जो जन्मजात दृष्टिविहीन छन्, शारीरिक रुपमा असक्त छन् उनीहरुको भावनात्मक सोचाई धेरै माथि रहेको छ । यो समाजमा शारीरिक अपांगता भएको ७ जना व्यक्ति छन् जसले मासिक रुपमा केही पैसा जम्मा गर्दै भुकम्पबाट पीडित बनेका जनहरुलाई सहयोग गर्दै आएको छ । समाजले विभिन्न व्यक्ति र संघसंस्थाको पहलमा सिन्धुपाल्चोकमा २१ वटा अस्थायी टहरा निर्माण गरिदिएको छ भने तीन टहरा निर्माणको लागि सामग्री प्रदान गरिसकेको छ, अध्यक्ष अधिकारीले कार्यक्रममा बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु