भुकम्प पीडित गोर्खालीलाई अमेरिकाबाट सहयोग

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार

काठमाडौं । बैशाख १२ गतेपछिको निरन्तर गएको भुकम्पबाट प्रताडित बनेका गोर्खालीबासीलाई अमेरिकामा रहेर गीतसंगीतमा क्रियाशील रहेका कलाकारहरुको संस्था नेपाली अमेरिकन  कलाकार संघद्वारा राहत पठाइएको छ । गोर्खाको हर्मी गाविसमा रहेका दलित बस्तीलाई केन्द्रित बनाउँदै संघले सहयोग स्वरुप ५० हजार रकम पठाएको र उक्त रकमबाट गाविसका दलित, एकल महिला र विपन्न समुदायलाई खाद्यन्न, लत्ताकपडा र घर निर्माणको कार्यमा खर्च गरिएको छ । ६० घरधुरी रहेको दलित बस्तीमा उक्त राहत बितरण गरिएको हो । संघको राहतलाई लिएर म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागीको नेतृत्वमा गोर्खामा उक्त टोली पुगेको हो ।
अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संगठनका रुपमा रहेको नेपाली अमेरिकन कलाकार संघले गोर्खा लगायत भुकम्पबाट पीडित बनेका सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा पनि राहत पठाएको छ । विदेशमा रहेर नेपालीहरुकै सेवामा मन लगाउँदै आएको यस संस्थाले स्थापनाको छोटो समयमै कलाकार एवं पीडितहरुलाई ठूलो सहयोग उपलब्ध गराउँदै आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न रहेर पनि अमेरिकामा रहेका कलाकारहरुले थोरै समयलाई सदुपयोग गर्दै संगठनात्मक ढाँचाबाट सहयोगका हातहरु फैलाएको हो ।

harmi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु