भुकम्प बिर्साउने गीतसँगै गोविन्द

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७२, शुक्रबार

काठमाडौं । गीतकार गोविन्द प्रसाद उपाध्यायले बैशाख १२ गतेदेखि निरन्तर गइरहेको विनाशकारी भुकम्प र त्यसको पराकम्पनलाई बिर्साउन गीत तयार पारेका छन् । संगीतकार विक्रम थापाको संगीतमा गीतकार उपाध्यायले लेखेको गीतलाई गायक भीमबहादुर बमजनले स्वर दिएका छन् । उठौं गरौं विपत्तिको सामना डटेर, राहत उद्दारमा लागौं हामी मिलेर बोलको गीतलाई म्यूजिक भिडियोमार्फत उपाध्यायले बजारमा ल्याएका छन् । विनाशकारी भुकम्पले गर्दा त्रसित बनेका नेपालीहरुमा शब्द र संगीतमार्फत गीतकार उपाध्यायले सहज वातावरणतर्फ लैजान पहल गरेका छन् । दुःख पीडा बिर्सेर सबै मिलेर माया र ममताका हातहरु फैलाउनुपर्छ भन्ने सन्देशका साथ गीतकार उपाध्याय अगाडि बढेका छन् । जुन गीतको म्यूजिक भिडियोलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु