भुषालको “नुतन कृति” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७४, बुधबार

असोज २५, काठमाडौं । नेपाली गीत संगीत र साहित्यमा क्रियाशिल रहँदै आएकी गीतकार तथा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी सह-कोषाध्यक्ष नुतन भुसालको तेस्रो एल्बम “नुतन कृति” लोकार्पण गरिएको छ । एल्बमका सबै गीतहरुमा सङ्गीतकार सुनिल मास्केको एकल संगीत रहेको छ ।

राजधानीमा एक बिसेष कार्यक्रम गरि चर्चित गीतकार तथा चलचित्रकर्मी यादव खरेल​, गीतकार दिनेश अधिकारी,गायक दिपक जंगम,दीप श्रेष्ठ​, गीतकार एस पी कोईराला लगायतको हातबाट बिमोचन गरिएको छ । एल्बमलाई भाईब्स कृयसनद्वारा बजारमा ल्याईएको हो ।

कार्यक्रममा एल्बममा रहेको ‘सुटुक्कै’ बोलको गीतलाई पनि सार्वजनिक गरिएको छ । उक्त भिडियोलाइ निर्देशन युवराज वाईवाले गरेका हुन् ।

सुटुक्कै भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु