भोला अधिकारीको ‘परदेशी आमा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ कार्तिक २०७४, शुक्रबार

१६ कार्तिक २०७४, काठमाडौं । रंगकर्मी भोला अधिकारीको निर्देशनमा परदेशी आमा बोलको गीत सार्वजनिक भएको छ । बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको रहेको छ । शब्द रचना प्रियजन राइको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् ।

परदेश गएकी आमालाई गाउबाट छोराले घरमा आउनु आमा यसै केही गरौला । परदेश मा नबस्नु जस्ता भाव गीतले पोखेको छ । परदेश आएर धेरै दुख पाएको कुरा आमाले छोरालाई बताएकी छन् । नेपाली महिलाले विदेशमा पाएको यथार्त कुरालाई गीत मार्फत बताइएको छ ।

मनोज लामा,बर्षा कार्की ,सन्देश दाहाल लगाएतले अभिनय गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु