भोलीबाट खुल्दैछ चाँदनी

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७४, मंगलवार

४ पुष, काठमाडौं । गीतसंगीतको माध्यमले रात्रीकालिन रुपमा संचालन हुँदै आएको दोहोरी साँझहरुको भीडमा नयाँ स्वरुप, नयाँ व्यवस्थापन र नयाँ सोचका साथ संचालनमा आएको चाँदनी रोधी नाचघर भोलीबाट औपचारिक रुपमा संचालनमा आउने भएको छ । सदाबहादर अभिनेत्री करिश्मा मानन्धरको हातबाट औपचारिक रुपमा दोहोरीको उद्घाटन गर्दै दोहोरीका पारखीहरुलाई नयाँ स्वाद पस्किन लागिएको चाँदनी नाचघरका संचालक समितिका अध्यक्ष भीम श्रेष्ठले जानकारी दिए ।


नयाँवसपार्क मित्रनगरको दूरसंचार अगाडि गोर्खा हाउसमा संचालनमा आएको यस दोहोरी साँझले औपचारिक उद्घाटन नभए पनि नयाँ व्यवस्थापनको दोहोरी व्यवसायलाई टेस्टिङका रुपमा भने संचालन गरिरहेको थियो । औपचारिक रुपमा दोहोरीलाई संचालन भने करिश्मा मानन्धरको हातबाट गरिने भएको हो । भोली हुने उद्घाटन सत्रमा नेपालका ख्यातिप्राप्त गायक गायिकाहरुको पनि उपस्थिति रहने श्रेष्ठले बताए ।
दोहोरी संचालकमा गायक दीपसागर थापा, प्रकाश गुरुङ, मेक थापा, कुमार भुजेल रहेका छन् । संचालक समितिको अध्यक्षमा भीम श्रेष्ठ रहेका छन् । कलाकारहरुमा भने अर्जुन सुनाम, खेम थापा, लुकमान घर्ती, सविन पौडेल, सरोज आले मगर, राम परियार, तुलसा घर्ती, सुमित्रा तामाङ, अमृता नेपाली, अमृता श्रीपाल, शिला वि.क., शोभा थापा मगर, अनु घर्ती मगर लगायतका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु