भ्यालेनटाइनमा राजेशपायललाई ‘रातो गुलाफ’को ओइरो

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७२, सोमबार

सविता पोखरेल


काठमाण्डौ, ४ फागुन। नेपाली संगीत क्षेत्रका सर्वाधिक रुचाईएका गायक राजेश पायल राई यतिञ्जेल एक्लो जिवन बिताइरहेका छन् । सबैभन्दा बढी महिला फ्यान कमाउन सफल भएता पनि उनका समकक्षी वा पछि आएकाहरुले पनि घरजम गरेर बसिसक्दा पनि यस मामिलामा उनि असफल रहेका छन् । गायन क्षेत्रमा सर्वाधिक व्यस्त रहेका राईले धेरै मंसिर, धेरै माघलाई यतिकै बिदा गरे तापनि यो प्रणय दिवसमा भने उनले रातो गुलाफ उपहार ग्रहण गरेका छन् । भ्यालेन्टाइन डेको दिन साइप्रसमा आयोजित एक सांस्कृतिक कार्यक्रममा आफ्ना फ्यानहरुले दिएको मायाको चिनो स्वरुप उनले थुप्रै ‘रातो गुलाफ’ समाएका हुन् । साइप्रसको लिमासोल स्थित सेन्ट जर्ज हलमा महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको उक्त कार्यक्रममा राईले प्रस्तुति दिइरहेको अवस्थामा स्टेजमै चढेर रातो गुलाफ दिएका हुन् ।

rajesh_payal
तिमि सँग जिउने मर्ने चाहना छ मेरो, नाइँ नभन्नु ल, नाइँ नभन्नु ल भन्दै स्टेजमा आएका राई इज किंग राजेश पायल राईले माहोललाई करिब २ घण्टा सम्म नेपाली, हिन्दी तथा अङ्ग्रेजी गीतहरुमा करिब एक हजार दर्शकहरुलाई नचाएका थिए ।तताएका थिए । अर्को जुनी जुनी भेट होला कि नहोला, फुलै फुलको मौसम, मैना राजा मैना रानी, फैलियो माया दुबोसरी, सागर सरि चोखो माया, मोहनी लाग्ला है, धरान धनकुटा भेडेटार, दर्शन नमस्ते, सेन्टारम लगायतका आफ्ना करिब डेढ दर्जन गीतहरू लगातार गाएका राई इज किंगको प्रत्येक प्रस्तुतिमा दर्शकहरुको उत्तिकै झुम्मिएका थिए । उनी गाउँदा गाउँदै स्टेजमा चढेर उनीसँगै नाच्ने तथा सेल्फी लिनेहरुको भिडलाई सम्हाल्न आयोजक तथा सेक्युरिटी गार्डहरुलाई हम्मे–हम्मे परेको थियो ।राजेशपायल राई स्टेजबाट निस्केपछि पनि बाहिर निस्कन उनलाई करिब आधा घण्टा नै लागेको थियो । उनी बाहिर सम्म युवतीहरुको घेरामा परेका थिए । युवती तथा महिला प्रसंसकहरुबाट राई इज किंगलाई फुत्काउन आयोजकलाई निक्कै अफ्ठेरो परेको देख्न सकिन्थ्यो । गायनकै शिलशिलामा अत्यन्तै व्यस्त बनेका मलेशियामा धमाका गरेर सोझै साइप्रस पुगेका राईले त्यहाँ पनि धमाका नै गर्न सफल भए । यस पछि उनले यूकेमा धमाका गर्नेछन् ।

rajesh payal
त्यस्तै चर्चित गायिका मौसमी गुरुङले पनि आफ्नो प्रस्तुतिमा दर्शकलाई नचाउन सफल भइन् । चोरेर लग्यो यो मन कतै, च्यांग्बा होइ च्यांग्बा, कान्छी है कान्छी, शीतल शीतल, लगायत विभिन्न चचित गीतहरू गाएकी थिइन् । दुवै गायक – गायिकाहरुको प्रस्तुतिबाट थाकेका दर्शकहरुलाई पुन स्थानीय चर्चित डिजे जेजेले पुन आफ्नो तालमा नचाएका थिए एन आर एन साइप्रसका अध्यक्ष सुभास मल्लको अतिथ्यमा सम्पन्न कार्यकर्मको उदघोषण सुरेन ताम्लिंग लिम्बुले गरेका थिए । ब्रिटिस गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार, सुरेन्द्र तम्लिंग, गौतम गुरुङ, गोविन्द सिरिश, जुग प्रसाद जुग्जेली, भिमराज गुरुङको संयुक्त आयोजनामा तथा सिल्भर इन्टरटेनमेन्ट, नेपालको ब्यस्थापनमा आयोजना भएको नेपालिज धमाका – २०१६ ले साइप्रसमा धमाका नै गरेकोमा मक्ख देखिन्थे आयोजक कमिटिका सदस्यहरू । कार्यकर्ममा आउनुभएका दर्शकहरूले करिब ६ घण्टा चर्चित सेलेब्रेटिहरुसंग भरपुर मनोरंजन गर्न पाएकोमा पनि एकदमै खुसी देखिन्थे । धेरै कम कार्यक्रम आयोजना हुने साइप्रसमा यसरि बेला बेलामा कार्यक्रम आयोजना हुनुले नेपालीहरूको एकता झल्किने तथा मनोरंजन तथा भेटघाट पनि हुने अधिकांश सहभागीहरुको भावले झाल्किन्थियो ।कार्यक्रमको सफलताबाट उत्साहित आयोजक ब्रिटिस गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार समय अनुकूल पारेर यस्ता कार्यक्रमहरू आयोजना गरिरहने बताए ।

rajesh payal1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु