भ्यालेन्टाइनको अवसरमा राजेश र मौसमी साइप्रसमा

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७२, आईतवार

सामाजिक सञ्जालहरुमा अर्थात जनबोलिमा ‘भ्यालेन्टाइन’ अर्थात ‘१४ फेब्रुवरी’को चर्चा शुरु भएको एक साता भइसक्यो । औपचारिक सुरुवात सन् २६९ देखि रोमनबाट भएको ‘भ्यालेन्टाइन ड’े पश्चिमी सभ्यतामा विशेष लोकप्रिय छ । यद्यपी केहि वर्ष अगाडिसम्म प्रणय दिवसलाई बहिष्कार गर्ने पूर्विय सभ्यताका मानिसहरु पनि अहिले आएर प्रणय सप्ताह भनेर मनाउँन थालिसकेका छन् । प्रेमजोडिहरु यहि दिवसलाई अविस्मरणीय बनाउनका लागि रमणीय स्थलमा डेट जाने प्रचलन पनि रहेको छ । यस्तै प्रणय दिवसलाई सुगम संगीतका नं. १ गायक राजेशपायल राई र गायिका मौसमी गुरुङ्गले पनि एक साथ मनाउने भएका छन् । सांगीतिक क्षेत्रका अति नै चर्चित र लोकप्रिय यि दुइ गायक गायिकाले डेटिङ स्थल विदेशी भुमि साइप्रसलाई रोजेका छन् ।

rajesh_mausaiतर भ्यालेनटाइन डे को अवसरमा भने व्यक्तिगत रुपले वा प्रेमी र प्रेमीका भएर भने गायक राई र गायिका गुरुङ्ग साइप्रस गएका होइनन् । प्रणय दिवस तथा तामाङ्गहरुको महान चाड सोनाम ल्होसारको उपलक्ष्यमा आयोजना हुन गइरहेको कार्यक्रममा प्रस्तुति दिनका लागि यो जोडि साइप्रस पुगेको हो । ब्रिटिस गोरखा फेमिली साइप्रसले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सम्पूर्ण व्यवस्थापन सकिएको र कार्यक्रम गर्नका लागि आयोजक तयारी भएको कार्यक्रम संयोजकका एक सदस्य सुरेशले हामीलाई बताए । कार्यक्रम आज भ्यालेन्टाइन डे का दिन अर्थात फेब्रुवरी १४ का दिन लिमसोलमा हुँदैछ ।

rajesh_payal_mausami

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु