भ्यालेन्टाइन डेमा पल शाह र सन्ध्या केसीको रोमान्स (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७४, बुधबार

२ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत…’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १३ को सा“झ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक सुमन केसीको स्वरमा सजिएको उक्त मेलोडियस गीतमा संगीतकार शंकर थापाको संगीत निर्देश्ँन छ । संगीतकार थापा तथा गायक केसीले गीतका शब्दहरुको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा लोकप्रिय अभिनेता पल शाहले मोडल तथा अभिनेत्री सन्ध्या केसीसंग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल जोडी सुहाएको देखिन्छ ।


हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो भिडियो गीतकार अम्बिका गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट अपलोड गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु