भ्यालेन्टाइन डेमा माया लाउने ल्याए श्रेष्ठले

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७४, बिहीबार

३ फागुन, काठमाडौं । प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर गायक गणेश श्रेष्ठले माया लाउने सार्वजनिक गरेका छन् । गीतकार एवं पत्रकार शान्तिप्रियको शब्द एवं निर्देशनमा रहेको गीतको म्यूजीक भिडियो भ्यालेनटाइन डेमा सार्वजनिक गरिएको हो ।

माया लाउने यहि ज्यान हो ….. बोलको यो गीतलाई गायक गणश श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणयदिवस कै दीन सार्बजनिक गरिएको हो । गायक गणश श्रेष्ठ नव गायक हुन् । यस अधि उनले केहि कभर सङ्ग गाएपनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतलाई अहिलेका चर्चीत संगीतकार दिपक शर्माले संगीत गरेका छन् भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।


गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । गीतकार शान्तिप्रियले आफै भिडियोको निर्देशन गरेका छन् । गजित विष्ट र अनामीका चौलागाई फिचरीङ गरिएको यस गीतमा कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । मायामै केन्द्रित यस गीतलाई प्रणय दिवस र गायक श्रेष्ठको जन्मदिनको संयोगलाई प्रयोग गरी बजारमा ल्याइएको हो । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु