भ्यालेन्टाईनमा केञ्जुमाको बेबी आई लभ यु

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७४, बिहीबार

३ फागुन, काठमाडौं । गायिक केञ्जुमा सुब्बाले प्रणय दिवस (भ्यालेन्टाईन डे) को अबसर परेर आफ्ना स्रोता दर्शकलाई आई लभ यु भनेकी छिन् ।


आफ्नो नयाँ गीत बेबी आई लभ यु…मार्फत उनले दर्शकलाई बेबी आई लभ यु भनेकी हुन् । गीतकार एवं सञ्चारकर्मी डब्बु क्षत्रीको गीत बेबी आई लभ यु…को भिडियो प्रणय दिवसको अबसर पारेर बुधबार सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा गायिका केञ्जुमा आफैंले मोडलिङ गरेकी छिन् । डब्बु क्षत्रीको गीतिसँग्रह ‘गुलावी स्वरुहरु’मा यो गीत सँग्रहित छ । गीतलाई संगीत तथा संगीत संयोजन जुगल डँगोलले गरेका हुन् ।

बिन्ध्यवासिनी म्युजिकले आफ्नो च्यानल मार्फत यो भिडियो बुधबार सार्वजनिक गरेको हो । रोशन श्रेष्ठले खिचेको यो भिडियोलाई अशोक मल्लले सम्पादन र निर्देशन गरेका हुन् । बिलक्षण क्रियसनद्धारा प्रस्तुत गरिएको यो गीतको भिडियो प्रेमिल बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु