मंसिर जान लाग्दा बज्यो पञ्चेबाजा

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७४, शुक्रबार

२९ मंसिर, काठमाडौं । मंसिरको महिना लगनको महिना भनिन्छ तर मंसिरको अन्तिमतिर आएपछि बल्ला पञ्चे बाजा बजाउने भएका छन् श्रीकृष्ण र गरिमा विरही । चिसो मौसम बढ्दै जाँदा बजारमा आएको गीत भने तातो बनाउँदै नचाउने खालको देखिन्छ । विहे गर्ने हो यो आउँदो नयाँ सालैमा गीतको बोलसँगै ढोलकी तालैमा जुटेका श्रीकृष्ण र गरिमाको जोडीसँगै यो गीतले सफलता पाउने देखिन्छ । धौलागिरी, गण्डकी अञ्चलमा बढी प्रचलित रहेको पञ्चेबाजी नेपाली संस्कृतिलाई उच्च बनाउने बाजाभित्र पर्ने गरेको छ । यही बाजासँगै विहे गर्ने योजना बनाएका गायक संगीतकार श्रीकृष्ण बममल्ल र गरिमा विरहीको गीत ढोलकी तालैमाको संगीत र शब्द गायक मल्लकै रहेको छ ।

यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करन चैंसिरको क्यामेरा रहेको छ । रेशम दर्लामी ड्रोन चलाएको यो भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । यस गीतमा करिश्मा ढकाल, ओवी रायमाझी, टीना श्रेष्ठ र मनोज कार्कीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु